महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु | Khabarhub Khabarhub

महाराष्ट्रमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कामठाडौँ – भारतको पश्चिमी राज्य महाराष्ट्रमा शुक्रबार एक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन् ।

महाराष्ट्रको राजधानी मुम्बईबाट करिब १८० किलोमिटर उत्तरपूर्वमा पर्ने नासिक जिल्लाको सिन्नर क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

नासिक–शिर्डी राजमार्गको भाभी पठारे गाउँ नजिकै शुक्रबार बिहान बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा १० जनाको मृत्यु भएको र अन्य केही घाइते भएको नासिकस्थित प्रहरी कार्यालयले पुष्टि गरेको छ ।

प्रहरीले ‘घाइतेलाई तत्काल अस्पताल लगिएको र केहीको अवस्था गम्भीर रहेको बताएको छ । मृत्यु भएकामध्ये सात महिला, दुई बालबालिका र एक पुरुष रहेको अधिकारीहरूले जनाएका छन् ।

उक्त बस ठाने जिल्लाको अम्बरनाथबाट अहमदनगर जिल्लाको मन्दिरहरूको शहर भनिने शिर्डीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ८ : ३५ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

एसिया कप : भारतसँगको रोचक भिडन्तमा ओमान २१ रनले पराजित

काठमाडौं – एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

आज २०८२ साल असोज ४ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असोज ४ गते शनिबार। आश्विन

नक्कली सर्टिफिकेट प्रकरण रास्वपा नेता कँडेल जेल चलान

चितवन – नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ