अपहरण गरी फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाट तीन पाकिस्तानी पक्राउ « Khabarhub

अपहरण गरी फिरौती रकम असुलेको आरोपमा काठमाडौंबाट तीन पाकिस्तानी पक्राउ


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अपहरण कार्यमा संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पाकिस्तानी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानिलकण्ठ नगरपालिका–४ बस्ने ३० वर्षीय मुहम्मद रासिद, ३५ वर्षीय मुहम्मद आसिफ र ३५ वर्षीय मुहम्मद फिदा हुसैन रहेका छन्।

उनीहरुले एक व्यक्तिलाई अपहरण गरी २५ लाख रुपैयाँ फिरौती लिएको प्रहरीले बताएको छ ।
अनुसार उनीहरुले सामाजिक सञ्जाल मार्फत वैदेशिक रोजगारीको लागि क्यानडा जान नेपालबाट सजिलो हुन्छ, सबै प्रक्रिया काठमाडौंमा नै पुरा गर्नु पर्छ भनि पाकिस्तानी नागरिक मोहम्मद सामी खानलाई पाकिस्तानबाट भिजिट भिसामा नेपाल पठाइ ठमेलस्थित होटलमा बसालेका थिए ।पुस २४ गते बायोमेट्रिक लगायतका प्रक्रिया गर्न होटलबाट ट्याक्सीमा राखी बूढानीलकण्ठस्थित भाडाको घरमा पुर्याएर बन्धक बनाएको प्रहरीले बताएको छ ।

पाकिस्तानमा रहेका पीडितका भाइलाई पैसा माग गरि म्यासेज पठाउन लगाएर रकम असुली गरेको प्रहरीले जनाएको छ ।। पीडितका भाइले जम्मा २५ लाख ६६ हजार ६९७ नेपाली रुपैयाँ फिरौती रकम बुझाएपछि उनीहरुले पीडितलाई सिनामंगल लगी छाडि दिएका थिए । पश्चात पीडितलाई पुस २६ गते राति ट्याक्सीमा राखी सिनामंगल स्थित सडकमा पाकिस्तान फर्कनु भनी छाडि फरार भएका थिए।

पीडितले पर्यटक प्रहरीमा घटनाका सम्बन्धमा निवेदन दिएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट प्रहरी परिसर काठमाडौंसँ समेत समन्वय गरी संलग्न व्यक्तिहरूको खोजतलास सुरु गरेको थियो । उनीहरुलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २११ अपहरण गर्न नहुने र २१२ शरीर बन्धक लिन नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त, महाराजगंज पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ३० बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल