धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी | Khabarhub Khabarhub

धनकुटाको सिँधुवा बजारमा भीषण आगलागी


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटाको छथर जोरपाटी गाउँपालिकास्थित सिँधुवा बजारमा भीषण आगलागी हुँदा पाँच घर जलेर नष्ट भएको छ ।

बेलुका ७ बजे लागेको आगोबाट बजारको काउली चौक नजिकका घरहरू पूर्णरूपमा जलेर नष्ट भएको स्थानीयवासी दीपक खड्काले जानकारी दिए । “के भएर आगलागी भयो थाहा भएको छैन, एउटा घरको नाम निशान छैन, अरु घर पनि धेरै जलेका छन्”, उनले भने ।

छिमेकी जिल्ला तेह्रथुमको लालिगुराँस नगरपालिका बसन्तपुर बजारबाट आएको दमकल र छथर जोरपाटी गाउँपालिकाको जेसिभी डोजरको सहयोगमा अहिले आगो निभाउने प्रयास भइरहेको खड्काले जानकारी दिए ।

बाँकी सहयोगका लागि तेह्रथुम जिल्लाको म्याङलुङ र धनकुटा नगरपालिकाबाट दमकल र पानीका ट्याङकरहरू आईरहेको उनले जानकारी दिए ।

थप सहयोगका लागि जिल्लाबाट सुरक्षा बल गइसकेकाले पूर्ण विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाको कन्ट्रोल रुमले जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ३४ बजे

आज २०८० साल असोज १६ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८० साल असोज १६ गते मंगलबार। ज्योतिष

पछिल्लो राजनीतिक उपलब्धि अहिंसात्मक बाटोबाटै प्राप्त भएको हो : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा पछिल्लो

पाकिस्तानले ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

इस्लामावाद- पाकिस्तानले मुलुकमा रहेका ११ लाख अफगान शरणार्थीलाई स्वदेश फर्काउने

वीरगञ्जको घण्टाघरबाट बत्ती चोर्ने दुई पक्राउ

वीरगञ्ज- वीरगञ्जस्थित घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको

एमालेको कर्णाली प्रदेश अधिवेशन : अध्यक्षमा गुलाबजंग शाह विजयी

काठमाडौँ- नेकपा एमालेको कर्णाली प्रदेश अधिवेशनमा अध्यक्ष पदमा गुलाबजंग शाह