अफगानिस्तानमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान रक्षा मन्त्रालय | Khabarhub Khabarhub

अफगानिस्तानमा पाकिस्तानी तालिबानको उपस्थिती छैन : अफगान रक्षा मन्त्रालय


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आफ्नो मुलुकमा पाकिस्तानी तालिबानको उपस्थिती रहेको भन्ने पाकिस्तानी गृहमन्त्रीको भनाइको अफगान रक्षा मन्त्रालयले खण्डन गरेको छ ।

पाकिस्तानमा सक्रिय तालिबान समूह तहरिक ए तालिबान पाकिस्तान (टीटीपी) अफगानिस्तानमा सक्रिय रहेको भन्ने पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको टिप्पणीको जवाफमा विज्ञप्ति जारी गर्दै अफगानिस्तानको रक्षा मन्त्रालयले यस्तो आरोपको खण्डन गरेको हो ।

रक्षामन्त्रायले पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहको भनाइलाई आधारहीन र उत्तेजना बढाउने किसिमको भन्दै अफगान रक्षा मन्त्रालयले सुरक्षाको सवालमा कुनै पनि समस्या उत्पन्न भएको खण्डमा आपसी समझदारीमा समाधान खोजिनुपर्ने उल्लेख गरेको छ ।

यसअघि पाकिस्तानी गृहमन्त्री राना सनाउल्लाहले अफगानिस्तानमा टीटीपीका लडाकु लुकेर बसेको भन्दै आफ्नो मुलुकसँग ती लडाकुविरुद्ध कारवाही गर्ने वैधानिक अधिकार रहेको दाबी गरेका थिए ।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान रक्षा मन्त्रालयले टीटीपीको अखडा अफगानिस्तानमा नभई पाकिस्तानी भूमिमै रहेको प्रमाण आफूसँग रहेको उल्लेख गरेको छ ।

पाकिस्तानी उच्च पदस्थ अधिकारीले यस्तो बयान दिँदा दुई मुलुकबीचको सम्बन्धमा असर पर्ने पनि अफगान रक्षा मन्त्रालयले चेतावनी दिएको छ ।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ४० बजे

कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण गर्न मुख्यमन्त्रीको निर्देशन

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशसभा भवन पुनर्निर्माण

चीनसँग गरिने सम्झौताका लागि ताइवानको साथ छाडिन्न : विदेशमन्त्री रुबियो

जेरुसलेम- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनसँग गरिने सम्झौताका लागि ताइवानको

सरकार, राजनीतिक दल र ‘जेन-जी’ प्रतिनिधिबीच छलफल हुँदै

काठमाडौं– निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल

नियमित महाधिवेशनमै नयाँ नेतृत्वको मुद्दा सम्बोधन गर्न सकिन्छ : नेता पौडेल

काठमाडौं– नेपाली काङ्ग्रेसका नेता प्रदीप पौडेलले पार्टीको नियमित महाधिवेशन सम्भव

मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन हुने

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५