काभ्रेमा रगत सङ्कलन अभियान | Khabarhub Khabarhub

काभ्रेमा रगत सङ्कलन अभियान


२९ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काभ्रे – जिल्लामा रगत अभावका कारण बिरामी जोखिममा पर्ने भएपछि नेपाल रेडक्रस सोसाईटी काभ्रेपलाञ्चोक शाखाले रगत सङ्कलन अभियान सञ्चालन गर्ने भएको छ । विभिन्न रोग तथा सडक दुर्घटनाका बिरामीलाई आवश्यक पर्ने रगत अभाव हुन थालेपछि रेडक्रसले आफ्नो अगुवाइमा रक्तदान कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

रेडक्रसको ‘ब्लड बैङ्क’मासमेत रगत अभाव हुन थालेपछि रगत सङ्कलन अभियान थालिएको शाखाका अध्यक्ष रघुनाथ हुमागाईंले बताए । उनका अनुसार बैङ्कमा पाँच प्रकारका रगत उत्पादन गर्ने मेशिन र जनशक्ति छ तर रक्तदानमा आउने क्रम घट्दो छ । शाखालाई डेनिस रेडक्रसको सहयोगमा विभिन्न खालको रगत तयार गर्ने मेसिन प्रदान गरिएको छ । यीमध्ये पिआरपी र प्लेटेट कन्ट्रयासन रगतको आयु पाँच दिन मात्रै हुन्छ ।

हुमागाईंका अनुसार काभ्रेपलाञ्चोकमा मात्रै होइन भक्तपुरमासमेत रगत पाउन छाडेपछि बिरामी जोखिममा पर्ने हुँदा विभिन्न सङ्घसंस्था एवम् सरोकारवालालाई जिल्लास्थित रेडक्रसका २९ उपशाखाको अगुवाईमा रक्तदान कार्यक्रम आयोजना गर्न भनिएको छ । अरनिको र विपी राजमार्गको सहजताले धुलिखेल सामुदायिक अस्पताल तथा बनेपास्थित शिर मेमोरियल र अन्य नीजि अस्पतालमा उपचार गराउन आउने बिरामीको सङ्ख्या दैनिक बढ्दो रहेको जनाइएको छ ।

धुलिखेल अस्पतालमा मात्रै दैनिक पाँच सयभन्दा धेरै बिरामीले दैनिक उपचार गराइरहेका छन् । स्वास्थ्य बीमाका कारण नियमित परीक्षणका लागि करिब दुई हजार बिरामी अस्पताल आउने गरेको तथ्याङ्कले देखाएको छ । विविध कारण बिरामीलाई चाहिने रगत अभाव हुन थालेको केही महिना भइसकेको बताइन्छ । “रक्तदान गर्ने क्रम पनि घट्दै गएको छ, हामी अभियानमार्फत रक्तदान गर्ने बानी बसाल्न प्रेरित गर्दैछौँ”, हुमागाईंले भने।

प्रकाशित मिति : २९ पुस २०७९, शुक्रबार  ९ : ५५ बजे

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा

काश्मीरमा भीषण बाढी, मृतकको संख्या ३७ पुग्यो

श्रीनगर – भारतको काश्मीर क्षेत्रमा आएको भीषण वर्षापछि बाढीले ठुलो

तनहुँको डुम्रेमा दुर्घटना अपडेटः घाइते हुनेको संख्या २१ पुग्यो

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गामा आज साँझ भएको

बाढीले बाजुरामा आठ घर बगायो

बाजुरा – बुधबार राति परेको अविरल वर्षा र त्यसपछि आएको