‘जनयुद्ध दिवस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्ताव « Khabarhub

‘जनयुद्ध दिवस’ मनाउने प्रधानमन्त्रीको ठाडो प्रस्ताव

राप्रपाका मन्त्री बैठकमा गएनन्, एमालेको असहमति


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जनयुद्ध दिवस’ मनाउने निर्णय गर्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो बोलाएको आकस्मिक मन्त्रिपरिषद बैठकलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीले बहिस्कार गरेका छन्। सो बैठकमा सहभागी एमालेका केही मन्त्रीले भने असहमति प्रकट गरेका छन्।

उपप्रधान तथा ऊर्जा मन्त्री राजेन्द्र लिङदेन, सहरी विकास मन्त्री विक्रम पाण्डे, ध्रुबबहादुर प्रधान कानुन मन्त्रीले प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा बोलाएको मन्त्रिपरिषद बैठकमा अनुपस्थित भएर असमति जाहेर गरेका हुन्।

‘प्रधानमन्त्री कार्यालय, सिंहदरवारबाट १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने अजेन्डा रहेको जानकारी पाएपछि बैठकमा अनुपस्थित भएर राप्रपाले असहमति जनाएको सो पार्टीका एक मन्त्रीले जानकारी दिए।

उता, बैठकमा सहभागी मन्त्रीहरुका अनुसार प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमा १ फागुनलाई ‘जनयुद्ध दिवस’ मनाउने र सार्वजनिक बिदा दिने प्रस्ताव ल्याएका थिए।

प्रधानमन्त्री प्रचण्डले ल्याएको उक्त ठाडो प्रस्तावमा मुख्यतः परराष्ट्र मन्त्री बिमला राई पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले धेरैवटा सार्वजनिक बिदा दिने निर्णय गर्दा सरकार बिबाद पर्ने भन्दै प्रधानमन्त्री प्रचण्डको ठाडो प्रस्ताव फिर्ता लिनुपर्ने र पारित नगर्न अनुरोध गरेका थिए।

सरकारले १ फागुनलाई औपचारिक रुपमा ‘जनयुद्ध दिवस’ मनाउन लागेको यो पहिलो पटक हो।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ७ : २२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग