एस्टन भिल्लामाथि सिटीको सहज जित | Khabarhub Khabarhub

एस्टन भिल्लामाथि सिटीको सहज जित


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई पराजित गरेको छ।

गएराति भएको खेलमा सिटीले एस्टन भिल्लामाथि ३–१ गोलको सहज जित निकालेको हो। खेलको चौंथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए भने ३९ औं मिनेटमा इल्के गुन्डोगानले अग्रतालाई दोब्बर पारे। पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटी ३-० ले अघि रह्यो । ६१औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरे पनि हार जोगाउन सकेनन्।

जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको दूरी ३ अंकमा झारेको छ। २२ खेलमा ४८ अंक जोडेर सिटी दोस्रो स्थानमा उक्लिएको छ । एस्टन २८ अंक जोडेर ११ औं स्थानमा रहेको छ । आगामी बिहीबार यी दुई शीर्ष टिमबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : ५० बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा