भक्तपुरको कुखुरा फार्ममा आगलागी « Khabarhub

भक्तपुरको कुखुरा फार्ममा आगलागी


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको चाँगुनारायण नगरपालिका-३ झौखेल जाकृति चोकको एउटा कुखुरा फाममा आगलागी भएको छ। सोही स्थान बस्ने ध्रुव दाहालको जग्गा भाडा लिई काठमाडौँ कोटेश्वर घर भएकी वर्ष ४३ की विना गुरुङको कुखुरा फर्ममा आगलागी भएको हो।

कुखुराको चल्लालाई तापक्रमको लागि राखेको ग्यास सिलिन्डर लिक भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ। भक्तपुर प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा ३० जनाको टोली र २ वटा दमकल खटिगएर आगो निभाउन सफल भएको परिसरका एसपी प्रजित केसीले जनाए।

नेपाल प्रहरी, दमकल र स्थानीयको सहयोगमा पूर्ण रुपमा आगो नियन्त्रणमा लिन सफल भएको जनाइएको छ। आगलागीबाट मानवीय क्षति हुन नपाएको जनाइएको छ। आगलागीबाट ब्रोइलर कुखुराको चल्ला १८ सय वटा र कुखुराको फर्म गरी जम्मा ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४३ बजे

नागरिकको विश्वास नै राजनीतिमा ठूलो उपहार हो : रास्वपा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल संवत्

किशोर श्रेष्ठपछि हिमेश पन्तलाई पनि बोलायो साइबर ब्युरोले

काठमाडौं – समाचारको विषयलाई लिएर जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ र

हिमेश पन्तको उजुरीपछि किशोर श्रेष्ठ साइबर ब्युरोमा

काठमाडौं – कमेडियन तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हिमेश पन्तको

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट