गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण | Khabarhub Khabarhub

गरिब परिवार पहिचान गरी परिचयपत्र वितरण


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ – ताप्लेजुङमा गरिब परिचयपत्र वितरण सुरु भएको छ। गत साता सिरिजङ्घा गाउँपालिकाले गरिब परिवार पहिचान गरी उक्त परिचयपत्र वितरण सुरु गरिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार पालिकाका ८ वडामा परिचयपत्र वितरण गरिने छ। हालसम्म एक सय एक परिवार अति गरिब, एक सय ५५ परिवार मध्यम र एक सय ४४ परिवार सामान्य गरिब परिवारका रुपमा पहिचान भएका छन्।

गाउँपालिका—४ तेल्लोकका गरिब पहिचान भएका घर परिवारलाई पहिलो चरणमा परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ। अति गरिब परिवारले रातो, मध्यमले पहेँलो र सामान्यले निलो रङ्गको परिचयपत्र पाएका छन्। तेल्लोकपछि बाँकी ७ वडाहरूमा क्रमशः परिचयपत्र वितरण गरिने भएको छ।

गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण निर्देशिका २०७५ अनुसार गरिब भन्नाले नेपाल सरकारको निश्चित् मापदण्डअनुसार समय–समयमा तोकेको राष्ट्रिय वा क्षेत्रगत गरिबीको रेखामुनी रहेको, शिक्षा स्वास्थ्यजस्ता मानव विकास सूचकको आधारमा पिछडिएको र निश्चित लिङ्गगत तथा सामाजिक समूहका आधारमा राष्ट्रिय विकास प्रक्रियामा समावेश हुन नसकेका व्यक्ति वा समूहलाई जनाउँछ।

एक नगरपालिकासहित नौ स्थानीय तह रहेको ताप्लेजुङमा अन्य पालिकाले भने गरिबको विवरण सङ्कलन गरिरहेको जनाइएको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १२ : ३० बजे

क्यानभासमा पोतियो मुस्ताङको ऋषि गुम्बा

गण्डकी– नेपाललाई विश्वको उत्कृष्ट गन्तव्य बनाउने महाअभियानका साथ देशका विभिन्न

पुवा खोलामा बेलिब्रिज , ३६ किमी दुरी छोटियो

फिक्कल– इलाम सदरमुकामदेखि झापाको विर्तामोड जोड्ने छोटो दुरीको केचना–कञ्चनजङ्गा (मेची

आम्दानीको स्रोत बन्दै भैंसे सिमी

दोलखा– जिल्लाको जिरी नगरपालिका-६ बुलडाँडा गाउँका स्थानीय शेर्पा समुदायले तरकारी

बागमतीका मुख्यमन्त्री लामाले आइतबार सशर्त राजीनामा दिने

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आइतबार राजीनामा दिने भएका

सहकर्मीबाटै किशोरीको ह*त्या, युवक पक्राउ

धनगढी– कैलालीमा १७ वर्षीया किशोरी याचना सेजवालको चक्कु प्रहार गरी