प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षमा समिति गठन « Khabarhub

प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री कार्कीको अध्यक्षमा समिति गठन


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

विराटनगर– त्रिहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यरूपमा मनाउन प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षमा प्रदेशस्तरीय मूल समारोह समिति आज गठन गरिएको छ । समितिमा प्रदेशका सबै मन्त्रालय, सभामुख, प्रदेशसभाका सदस्य, कार्यालय, सार्वजनिक संस्थान, विभिन्न सङ्घसंस्था, शैक्षिक संस्था एवं औद्योगिक प्रतिष्ठान, नेपाल पत्रकार महासङ्घ लगायतका प्रतिनिधि वा प्रमुख सदस्य रहनेछन् ।

यही फागुन ६, ७ र ८ गते भव्यरूपमा मनाउन यो दिवसमा पहिलो दिनदेखि नै सबै सरकारी कार्यालयमा सरसफाइ वृक्षरोपण, राष्ट्रिय झण्डा फहराउने, प्रजातन्त्र केन्द्रित रचनात्मक एवं सिर्जनात्मक कार्य, प्रजातन्त्रका विषयमा सन्देशमूलक लेख, रचना प्रकाशन एवं प्रसारण, अस्पताल एवं ज्येष्ठ नागरिक गृह, कारागार, बालसुधार गृहमा फलफूल र औषधि वितरण कार्यक्रम गर्ने तय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेतले जानकारी दिए ।

फागुन ७ गते जिल्ला प्रशासन कार्यालय र विराटनगर महानगरपालिकाको संयोजनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय आगाडिबाट प्रभातफेरी गरी पुनःसोही स्थानमा पुगी सहिदप्रति श्रद्धाञ्जलीपछि मुख्यमन्त्री कार्कीको सम्बोधन हुने बताइएको छ ।

मुख्यमन्त्री कार्कीले प्रजातन्त्र दिवसलाई औपचारिकतामा मात्र नभएर बृहत्रुपमा मनाउनुपर्ने धारणा राखे। उनले आजको दिनको बृहत् समीक्षा गरी आमनागरिकले उपभोग गर्ने सेवा र सुविधा पनि सहज तथा सरल हुनुपर्ने भन्दै यो दिवस रचनात्मक ढङ्गले मनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ३ : ५४ बजे

सोमबार दिउँसोसम्म विद्यार्थीले ताला नखोले प्रहरी लगाएर फुटाउने टियूको चेतावनी

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले विभिन्न विभागहरूमा विद्यार्थी संगठनले लगाएको ताला

सिड्नी सिक्सर्सलाई हराउँदै पर्थ स्कार्चर्सले जित्यो बीबीएलको उपाधि

काठमाडौं – बिग ब्यास लिग (बीबीएल) को फाइनल खेलमा पर्थ

खोलामा माछा मार्न जाल हान्ने क्रममा एकजना बेपत्ता

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ सेतीखोलामा माछा मार्न जाल हान्ने क्रममा

अवैध रुपमा बालगृह चलाउने अमेरिकन र होटल चलाउने चिनियाँ पक्राउ

काठमाडौं- भिसाको उद्देश्य विपरीत नेपालमा बसी शंकास्पद क्रियाकलापमा संलग्न दुई

राष्ट्रिय सभा निर्वाचनमा कसले कति मत ल्याए ?

काठमाडौं- राष्ट्रियसभा सदस्य पदको रिक्त १८ पदका लागि आइतबार (माघ