राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : मन्त्री किराँती | Khabarhub Khabarhub

राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक छ : मन्त्री किराँती


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमतिको बाटोबाट आगाडि बढ्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले राष्ट्रपतिको निर्वाचन दलगत नभएर राष्ट्रिय सहमतिको आधारमा हुने प्रष्ट पारे । मन्त्री किराँतीले भने, “संविधानको भावनाअनुसार जुन व्यक्तिको नाममा राष्ट्रिय सहमति हन्छ उहाँ आगामी राष्ट्रपति हुनुहुनेछ ।” उनले राष्ट्रपति भनेको राष्ट्रिय एकताको प्रतीक भएको हुँदा सहमतिकै आधारमा सबैले स्वीकार्य व्यक्ति राष्ट्रपति हुनु पर्नेमा जोड दिए ।

नेपाल वायुसेवा निगमकका जहाज १५ घण्टाभन्दा बढी प्रत्येक दिन सञ्चालन हुनुपर्छ र संस्थान नाफामा जानुपर्छ भन्दै ऋणमा डुबेको टुलुटुलु हेरेर कुर्सीमा नबस्ने उनलेि बताए । वर्तमान सरकार निरन्तररूपमा सञ्चालन हुने हुनाले त्यसमा कुनै शङ्का नगर्न आग्रह गर्दै उनले मन्त्रालयअन्तर्गत काम गर्दा अप्ठ्यारो र असहज स्वाभाविक भए पनि असम्भव नरहेको स्पष्ट पारे ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  ८ : २७ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका