कर्मचारी अभावमा अनुसन्धान प्रभावित | Khabarhub Khabarhub

कर्मचारी अभावमा अनुसन्धान प्रभावित


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्टिङय सुन्तला जात अनुसन्धन कार्यक्रम प्रभावित भएको छ ।
विसं २०१८ मा धनकुटा नगरपालिका–१० पारिपात्लेमा कृषि अनुसनधान केन्द्रका रूपमा स्थापित यस केन्द्रलाई २०५२ सालपछि सम्पूर्ण अमिलो जात फलफूलको अनुसन्धानको जिम्मा दिइएको थियो ।

तर अनुसन्धानका लागि आवश्यक कुल ३७ दरबन्दी मध्ये २९ जना रिक्त हुँदा केन्द्रको सबै अनुसन्धानका काम प्रभावित भएको कार्यालय प्रमुख उमेश आचार्यले जानकारी दिए ।

विसं २०७३ मा केही पदपूर्ति गरेर १९ जना कार्यरत रहिआएकोमा त्यसपछिका वर्षहरूमा बाँकी कर्मचारीको आपूर्ति नहुँदा हाल नौ जना कर्मचारीको भरमा कार्यालय चलाउनुपरेको आचार्यले जानकारी दिए ।

“कर्मचारी पदपूर्तिसम्बन्धी विनियम संशोधन नहुँदा दरबन्दी पूर्ति हुनसकेको छैन, भएका कर्मचारीहरू पनि सरुवा तथा सेवानिवृत्त भएर जाँदा थप पद रिक्त रहेको छ”, उनले भने ।

कृषि मन्त्रालयअन्तर्गत कृषि अनुसन्धान परिषद्मार्फत सञ्चालित केन्द्रका १३ रिसर्चर अफिसरसहित ३४ प्राविधिकको दरबन्दीमा हाल अनुसन्धानमा दुई प्राविधिक, चार सहायक प्राविधिकसहित चालक, लेखापाल र प्रशासनबाहेक अन्य पद रिक्त रहेको छ ।

पदपूर्ति गर्न सरकारलाई पत्रचार गरे पनि विनियम संशोधन गर्न लोकसेवा आयोग, कानून मन्त्रालय, सामान्य प्रशासन र अर्थ मन्त्रालयसँगको रायहरु निष्कर्षमा पुग्न नसक्दा रिक्त दरबन्दी पूर्तिमा ढिलाइ भइरहेको आचार्यले जानकारी दिए ।

“प्राविधिक नहुँदा जिल्लाको मात्र हैन देशभरिको अनुसन्धान प्रभावित भएको छ”, आचार्यले भने, “अरु जिल्लाबाट आइदिनुप¥यो भन्छन्, कार्यालयमा बस्नु की फिल्डमा जानु ?”

चार सय रोपनी क्षेत्रफलमा फैलिएको यस केन्द्रले हाल सुन्तला, जुनार, कागतीसहित एक सय ५४ जातको अमिलो फलफूलको अनुसन्धान गर्दै आएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ३० बजे

दुईवटा कोठाबाट जिल्ला प्रशासन कास्कीको सेवा सुरु

कास्की– जेन–जी प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले

आन्दोलनकारीले सबै जलाएपछि सादा पोशाकमा सेवा दिँदै ट्राफिक

काठमाडौं – चर्को घाम न झरी। अनवरत सडक सुरक्षामा खटिइरहेका

बीपी राजमार्ग भोलिदेखि चौबीसै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक– यसवर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन

कारागारबाट भागेका सात सय पाँच कैदीबन्दी पक्राउ

सुनसरी– सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का कारागारबाट भागेकामध्ये सोमबार साँझसम्ममा

विदेशमा रहेका नेपालीले पठाए एक खर्ब ७७ अर्ब विप्रेषण

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा विदेशिएका नेपालीले एक खर्ब