सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह « Khabarhub

सिरियामाथि लगाइएका प्रतिबन्ध हटाउन अमेरिकालाई चीनको आग्रह


१ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले सोमबार संयुक्त राज्य अमेरिकालाई सिरियामाथि लगाइएका सबै गैरकानूनी एकपक्षीय प्रतिबन्धहरू तत्काल हटाउन र मानवीय प्रकोप सिर्जना गर्ने कार्य बन्द गर्न आग्रह गरेका छन् ।

संयुक्त राज्य अमेरिकाले हालै सिरियालाई जारी प्रतिबन्धका बाबजुद छ महिनालाई प्रतिबन्ध खुकुलो बनाउँने जनाएको छ । प्रवक्ताले अस्थायी राहतको राजनीतिक प्रदर्शन गर्नुको सट्टा अमेरिकी सरकारले सिरियामाथिको एकपक्षीय प्रतिबन्ध पूर्णरूपमा तुरुन्तै हटाउनुपर्ने बताएका हुन्।

प्रवक्ता वाङले सिरियामा लगातार सैन्य हस्तक्षेप र गैरकानुनी एकतर्फी प्रतिबन्ध लगाएको र यसले सिरियाको अर्थतन्त्र र जनताको जीविकोपार्जनमा गम्भीर सङ्कट थपेको भन्दै प्रकोपसँग जुध्ने क्षमतालाई निकै कमजोर बनाएको पनि वाङले जनाएका छन् ।

उनका अनुसार भूकम्पपछि अमेरिकी पक्षले लगाएको एकतर्फी प्रतिबन्धले सिरियामा पहिलो ७२ घण्टामा उद्धार कार्यमा बाधा पु¥याएको थियो ।

“हामी अमेरिकी पक्षलाई भूराजनीतिक जोडघटाउलाई पन्छाएर सिरियामाथि लगाइएको सबै अवैध एकपक्षीय प्रतिबन्ध तुरुन्त हटाउन र जानाजानी मानवीय प्रकोपहरू सिर्जना गर्न बन्द गर्न आग्रह गर्दछौँ,” वाङले भने।

प्रकाशित मिति : १ फाल्गुन २०७९, सोमबार  १० : ४७ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका