लघु चलचित्र बेलुनलाई ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड « Khabarhub

लघु चलचित्र बेलुनलाई ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षभरीको सर्वोत्कृष्ट चलचित्र बन्दै लघु चलचित्र ‘बेलुन’ले ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौँको आयोजनामा सम्पन्न  दोस्रो संस्करणको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्वारा सार्वजनिक यो लघु चलचित्रमा माओवादीकालको द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।

 यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जनाएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । अवार्ड वितरण कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आइतबार सम्पन्न भएको हो ।

समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताए । पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघु चलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघु चलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह समेत गरे ।

अवार्ड वितरण तथा सम्मान कार्यक्रममा निर्णायकका तर्फबाट बोल्दै चलचित्र निर्देशक प्रणय लिम्बुले उत्कृष्ट र सर्वोत्कृष्ट लघु चलचित्र, वृत्तचित्र तथा भिडियोलाई छनोटमा सबैलाई न्याय गरेको बताए। ‘अवार्डमा दर्ता भएका एक सय २० वटा लघु चलचित्र तथा वृत्तचित्रलाई लामो समयसम्म निर्णायक समुहमा छलफल गरेर छनोट गरिएकाले साँच्चै उत्कृष्ट हुनु पर्नेलाई उत्कृष्ट बनाएका छौँ’ उनले भने । 

सर्वोत्कृष्ट र उत्कृष्ट लघु चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायकको भूमिकामा थिए। यस्तै आदिवासी जनजाति चलचित्रमा भने  निर्णायक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा थिए । वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अतिथिहरूमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : १४ बजे

एपस्टीन फाइल्स : १० देशमा उच्च पदस्थको राजीनामा, ८० बढी शक्तिशाली व्यक्ति छानबिनमा तानिँदै

न्यूयोर्क- अमेरिका स्थित यौन अपराधी जेफ्री एपस्टीनसँग सम्बन्धित गोप्य दस्तावेज

एसियाली खेलकुद लक्षित प्रशिक्षणलाई निरन्तरता दिन प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले २०औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा

टेलिकमलको जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले अनलाइनबाटै केवाईसी अपडेट गर्न सक्ने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ताले ग्राहक विवरण (केवाईसी-नो इयोर

संविधान संरक्षण गर्दै आवश्यक संशोधनबाट क्रियाशील बनाइने

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान संविधानको संरक्षण गरी