लघु चलचित्र बेलुनलाई ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड | Khabarhub Khabarhub

लघु चलचित्र बेलुनलाई ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षभरीको सर्वोत्कृष्ट चलचित्र बन्दै लघु चलचित्र ‘बेलुन’ले ‘बेस्ट क्रियटिभ सर्ट फिल्म अफ द इयर’ अवार्ड पाएको छ । ड्रिमवल्ड अफ फिल्म मेकर्स प्राइभेट लिमिटेड काठमाडौँको आयोजनामा सम्पन्न  दोस्रो संस्करणको ‘सोसियल मिडिया फिल्म अवार्ड २०७८’ मा लघुचलचित्र बेलुनले सर्वोत्कृष्ट अवार्ड पाएको हो । नेपाल फिल्म एकेडेमीद्वारा सार्वजनिक यो लघु चलचित्रमा माओवादीकालको द्वन्द्वमा आधारित कथावस्तु समेटिएको छ ।

 यस्तै उत्कृष्ट युट्युब भिडियो, ब्लक, उत्कृष्ट निर्देशक, ध्वनि संयोजक, अभिनेता, सम्पादक, निर्देशक, अभिनेत्रीलगायत गरी अन्य २२ जनाले समेत अवार्ड पाएको आयोजक ड्रिम वल्ड अफ फिल्म मेकर्सले जनाएको छ । यसैगरी तीन जनालाई सम्मान पनि गरिएको छ । नेपालकी पहिलो नायिका भुवनचन्द, आर्ट डाइरेक्टर निर्जल श्रेष्ठ र युवा पत्रकारिता पुरस्कार पत्रकार पारसमणि पौडेललाई १५ हजार पाँच सय ५५ रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो । अवार्ड वितरण कार्यक्रम नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आइतबार सम्पन्न भएको हो ।

समाज परिवर्तनमा ठूलो भूमिका खेल्ने विषयवस्तु समेटिएका लघुचलचित्र र वृत्तचित्रलाई अवार्ड वितरणमा बढी प्राथमिकता दिइएको कार्यक्रम निर्देशक शवनम मुखियाले बताए । पहिलो अन्तर्राष्ट्रिय अवार्ड लघु चलचित्र ‘लोरी’ ले पाएको इतिहास रहेकाले लघु चलचित्रमा राम्रो भविष्य छ भनेर आशावादी हुन सकिने भन्दै सबैलाई निरन्तरता दिन आग्रह समेत गरे ।

अवार्ड वितरण तथा सम्मान कार्यक्रममा निर्णायकका तर्फबाट बोल्दै चलचित्र निर्देशक प्रणय लिम्बुले उत्कृष्ट र सर्वोत्कृष्ट लघु चलचित्र, वृत्तचित्र तथा भिडियोलाई छनोटमा सबैलाई न्याय गरेको बताए। ‘अवार्डमा दर्ता भएका एक सय २० वटा लघु चलचित्र तथा वृत्तचित्रलाई लामो समयसम्म निर्णायक समुहमा छलफल गरेर छनोट गरिएकाले साँच्चै उत्कृष्ट हुनु पर्नेलाई उत्कृष्ट बनाएका छौँ’ उनले भने । 

सर्वोत्कृष्ट र उत्कृष्ट लघु चलचित्र तथा वृत्तचित्रमा सिनियर फोटोग्राफर राजभाई सुवाल, चलचित्र निर्देशक प्रणय लिम्बू, सञ्चारकर्मी आरती चटौतले निर्णायकको भूमिकामा थिए। यस्तै आदिवासी जनजाति चलचित्रमा भने  निर्णायक समुहमा अग्रज पत्रकार विजयरत्न तुलाधर, प्रणय लिम्बू र गीतकार भूमिका सुब्बा थिए । वरिष्ठ चलचित्र निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अतिथिहरूमा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह, नेपाल टेलिभिजनकै महाप्रबन्धक फूलमान बल तामाङलगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ९ : १४ बजे

नवराज सुवेदीले चैत ४ मा भनेका थिए- राजा ल्याउन लागेँ, आजैदेखि राप्रपाको साधारण सदस्यसमेत रहन्न

काठमाडौं- राजावादी आन्दोलनको माहोल तातेपछि हौसिएका ८६ वर्षीय नवराज सुवेदीले

यस्ता छन्, राष्ट्रिय जनसङ्ख्या नीति २०८२ का १६ लक्ष्य

काठमाडौं– सरकारले १५ वर्षदेखि १९ वर्षमुनिका किशोरीको प्रजनन दर घटाउनेदेखि

थप आक्रमण नहुने ग्यारेन्टी पाएमा अमेरिकासँग आणविक वार्ता पुनः सुरु गर्ने : इरान

तेहरान– इरानका विदेशमन्त्री अब्बास अराघचीले शनिबार आफ्नो देशविरुद्ध थप आक्रमण

प्रधानमन्त्रीले भने- स्पेनमा मान्छे छाडेर आयो भनेर झुट प्रचार गरियो

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

लम्कीचुहाँ– खानेपानीमन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार