यस्तो छ आजको तरकारी र फलफूलको मूल्य | Khabarhub Khabarhub

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, अनार २५० रुपैयाँ र आभोकाडो ५०० रुपैयाँ, अमला ८० रुपैयाँ, किवी ४०० रुपैयाँ र अम्बा २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेडा ६० रुपैयाँ, अदुवा ९० रुपैयाँ, रातो आलु २४ रुपैयाँ, सेतो आलु १७ रुपैयाँ रहेको छ भने स्थानीय काउली ५० रुपैयाँ, कागती २५० रुपैयाँ, सुकेको खुर्सानी ४२० रुपैयाँ र हरियो खुर्सानी १८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै,  लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ३० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ९० रुपैयाँ, चमसूरको साग ६० रुपैयाँ, कन्य च्याउ १८० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँमा  किनबेच भइरहेको छ भने तितो करेला ११० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ, भारतीय सुकेको प्याज ३५ रुपैयाँ, हरियो प्याज ५०  रुपैयाँ, पुदिना २५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ कायम गरिएको छ ।

ब्रोकाउली ८० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँ, भिण्डी ११० रुपैयाँ केजी र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा प्रतिकेजी २५० रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ साथै मंगुरी माछा ३१० रुपैयाँ केजी र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ०८ बजे

कहाँ गए त ओली ?

काठमाडौं– सिंहदरबार छोडेका प्रधानमन्त्री केपी शर्मा ओली कहाँ गए भन्ने

जल्दै गरेको सिंहदरबार (तस्बिरहरू)

काठमाडौं– मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारभित्र प्रवेश गरेर प्रदर्शनकारीले आगो

जेन-जीको आक्रमणले तहसनहस देउवा निवास (तस्बिरहरू)

काठमाडौँ- जेन-जी आन्दोलनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवास

बङ्गलादेशमा हसिनाको पतनपछि सेनाको सहजीकरणमा भएको थियो अन्तरिम सरकार गठन

काठमाडौं- गत वर्षको जुलाई महिनाको अन्त्य र अगस्टको शुरुतिर बङ्गलादेशमा

राष्ट्रपति निवासमा पनि प्रवेश गरे प्रदर्शनकारी

काठमाडौं– मंगलबार दिउसो प्रदर्शनकारी राष्ट्रपति निवास सितल निवास प्रवेश गरेका