यस वर्ष धनुषामा आँप उत्पादन बढ्ने अनुमान « Khabarhub

यस वर्ष धनुषामा आँप उत्पादन बढ्ने अनुमान


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– हाल मौसममा देखिएको अनुकूलता तथा बढी मात्रमा आँपको रुखमा मञ्जरी लागेकाले यस वर्ष धनुषामा बढी आँप उत्पादन हुने अनुमान कृषि ज्ञान केन्द्रले गरेको छ । चालु आर्थिक वर्ष यस जिल्लामा ४ हजार हेक्टर क्षेत्रफलमा किसानहरूले आँप खेती गरेकाले २३ हजार एक सय मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको छ । 

जिल्लामा अघिल्लो आर्थिक वर्ष २०७८-०७९ मा ३ हजार ९७० हेक्टर क्षेत्रफलमा आँप खेती गरेकोमा २२ हजार ७५० मेट्रिक टन आँप उत्पादन भएको थियो । तर, यस वर्ष आँपको क्षेत्रफल पनि बढेको, मौसम पनि अनुकुल रहेकोले यही अवस्था रहेमा यस वर्ष सोचेको भन्दा बढी आँप उत्पादन हुने अनुमान रहेको बागवानी विकास अधिकृत प्रदिपकुमार यादवले बताए । 

 गणेशमान चारनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, बटेशर गाउँपालिका आँप उत्पादनको पोकेट क्षेत्र घोषणा गरिए पनि जिल्लाका अधिकांश ठाउँमा आँप उत्पादन हुने गरेको छ । 

 जिल्लामा खास गरि, मालदह, बम्बै, दसहरि, मलिका, कलकतिया, अम्पालीलगायतका विकसित आँप उत्पादन हुने गरेको छ  र यहाँ उत्पादित आँप पोखरा वीरगञ्ज, काठमाडौं, नारायणघाट, बुटबल लगायतका ठाउँमा बिक्रीका लागि जाने गरेको किसानहरूको भनाइ छ ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ५१ बजे

जटिल प्रसूति भएकी किशोरीको हवाई उद्धार

काठमाडौँ– जाजरकोटको कुशे गाउँपालिका–२ की १७ वर्षीयालाई जटिल प्रसूति समस्या

लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

ज्ञानेन्द्र शाहीको प्रश्न : नेपाली धर्म–संस्कृतिलाई मात्रै निशाना किन ?

काठमाडौँ– सांसद ज्ञानेन्द्र शाहीले नेपाली धर्म, संस्कार र संस्कृतिमाथि मात्रै

मर्चवारको पूर्वाधार विकासलाई प्राथमिकता दिन्छौँ : मन्त्री लम्साल

रूपन्देही– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रूपन्देहीको मर्चवार क्षेत्रको समग्र विकासका

साइकलमा ‘ड्रागन फ्रुट’ बेचेर स्वरोजगारको सन्देश प्रवाह गर्दै उद्यमी पन्त

महेन्द्रनगर– कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महोलियाका ३२ वर्षीय गणेशदत्त पन्त सरकारी