सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल | Khabarhub Khabarhub

सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् ।

पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७ औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध छ ।”

प्रधानमन्त्री दाहालले शिक्षा, सामाजिक र सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको समृद्धि तथा विकासको महत्वपूर्ण पक्ष भएको बताए । उनले भने, “जुन राष्ट्रले शिक्षाको गुणस्तर र विकासमा जोड दिन्छ, त्यो राष्ट्रले विकासका हरेक पक्षमा आफूलाई अब्बल प्रमाणित गर्न सक्छ । त्यो देशको जनशक्तिले राष्ट्रिय मात्र नभएर विश्व बजारमा प्रतिस्पर्धामा अग्रता हासिल गर्दछ ।”

शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनोपयोगी, आधुनिक विज्ञान प्रविधि र व्यावसायिक बनाउन वर्तमान बदलिएको राजनीति एवम् सामाजिक व्यवस्थाअनुरुप पाठ्यक्रममा गुणात्मक सुधार आवश्यक भएको प्रधानमन्त्री दाहालले औँल्याए । सरकारी विद्यालयको गुणस्तर वृद्धिका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उनको भनाइ छ ।

“सरकारी र निजी क्षेत्रबीच गुणस्तर तथा उत्पादनमा निकै भिन्नता रहेको तथ्यलाई आत्मसात् गर्दै सरकारी शैक्षिक संस्थाको गुणस्तर गुणात्मक रुपमा विकास गर्न शैक्षिक गुरुयोजना बनाई कार्यान्वयनमा ल्याउनुपर्ने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ”, प्रधानमन्त्री दाहालले भने । यसका लागि आवश्यक कानूनी, नीतिगत, संस्थागत र संरचनागत सुधारका क्षेत्रमा सरकारी प्रयासमा बौद्धिक वर्गको सहयोग तथा सहकार्य गर्न सरकार तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले शिक्षाको विकास देश र जनताको सर्वाङ्गीण विकासको आधार स्तम्भ भएको उल्लेख गर्दै प्राविधिक शिक्षालाई जोड दिँदै विज्ञान, गणित र इन्जिनियरिङलाई माध्यमिक तहदेखि नै अनिर्वाय विषय बनाउँदै उच्च शिक्षालाई अनुसन्धानमुखी बनाउन आवश्यक भएको बताए । उनले पद्मोदय देशकै अब्बल विद्यालयको रुपमा स्थापित भएको भन्दै प्रशंसासमेत गरे ।

कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुङ्गानाले पद्मोदय विद्यालयलाई देशकै नमूना बनाउन सरकारसँग अपिल गरे । उनले भन, “यस विद्यालयले ७६ वर्षमा शैक्षिक गुणस्तर र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिँदै आएको छ । म आफैँ यस विद्यालयको विद्यार्थी हुँ । यस विद्यालयलाई देशकै नमूना बनाउन प्रधानमन्त्रीका तर्फबाट जे जति सम्भव छ त्यो अधिकतम रुपमा सहयोग प्राप्त हुने अपेक्षा छ ।”

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  २ : ०८ बजे

त्रिभुवन विमानस्थल क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही हुने

काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा

श्रीलंकामा दिसानायकेले राष्ट्रपतिको शपथ लिँदै गर्दा नेपाल छिरेका राजापाक्षे लुम्बिनी पुगे

काठमाडौं- कोलम्बोमा नवनिर्वाचित वामपन्थी रास्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिँदै

जेलेन्स्कीलाई भेटेपछि ट्रम्पले भने- युक्रेनमा रूसको युद्ध समाप्त गर्ने समय आयो

काठमाडौं– दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिको दौडमा रहेकाडोनाल्ड ट्रम्पले शुक्रबार

त्रिशुलीमा फसेका थप एउटा टिप्पर र दुई स्काभेटर बाढीले बगायो

काठमाडौं – त्रिशुली नदीमा आएको बाढीले सुपर त्रिशुली जलविद्युत योजनाका

प्रधानमन्त्रीले राष्ट्रसंघमा उठाए जलवायु परिवर्तन, गरिबी र युद्धदेखि गौतम बुद्धसम्मका कुरा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामार्फत