फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी « Khabarhub

फिलिपिन्समा तेल चुहावटबाट एक लाख मानिस प्रभावित, १२२ जना बिरामी


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको तेल ट्याङ्करबाट तेल चुहिँदा झन्डै एक लाख मानिस प्रभावित भएका छन् भने र १२२ जना बिरामी परेका छन् ।

प्रान्तीय गभर्नर हुमरलिटो डोलोरले सोमबार जनाएअनुसार फेब्रुअरी २८ मा डुबेको सो ट्यङ्कर ८ लाख लिटर क्षमताको भएको र त्यसबाट निस्किएको तेलको विस्तारलाई नियन्त्रण गर्न अधिकारीहरूले अझै पहल गरिरहेका छन्।

डोलोरले स्थानीय रेडियोलाई बताएअनुसार केन्द्रीय राजधानी मनिलाको दक्षिणपश्चिममा रहेको प्रान्तका १२२ बासिन्दाहरूमा त्यसबाट उत्पन्न खराबीले श्वासप्रश्वाससम्बन्धी समस्या र बान्ता र पखाला भोगेका छन् ।।

‘पोला शहर धेरै क्षतिग्रस्त भएको र यसका सबै तटीय गाउँहरू तेलले ढाकेको छ,’ डोलोरले भने । शहरल भरि नै माछा मारेको जस्तो देखिएको छ भने समुद्री घाँस, कोरल र म्यान्ग्रोभहरू क्षतिग्रस्त भएका छन्।

पानी प्रदूषण र समुद्रको किनारमा परेको तेलको गन्धका कारण समुद्री दुर्घटना भएको समाचार आएपछि अधिकारीहरूले माछा मार्नेहरूलाई माछा मार्न रोक्न आग्रह गरेका थिए । फिलिपिन्सको युनिभर्सिटीको मरिन साइन्स इन्स्टिच्युटले यसबाट तटीय माछा, कोरल, क्रस्टेशियन, मोलस्क, समुद्री घाँस र म्यान्ग्रोभको उच्चता भएको र देशका अन्य क्षेत्रहरूमा पुग्ने खतरा रहेको पनि औल्याएका छन् ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले सरकारी एजेन्सीहरूलाई तेलबाट उत्पन्न असरलाई नियन्त्रण गर्न निर्देशन दिएका दिनु भएको छ । उक्त तेल ट्याङ्कर लुजोन टापुको बटान प्रान्तबाट मध्य फिलिपिन्सतर्फ ८ लाख लिटर औद्योगिक तेल ढुवानी गर्न जाँदै गर्दा ओरिएन्टल मिन्डोरो प्रान्तको तटमा डुबेको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ८ : ५७ बजे

पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्दै, दिउँसो २ बजे शपथ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले फेरि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी छन्

काठमाडौं बाल अस्पतालले निःशुल्क बहु–विशिष्ट बाल स्वास्थ्य शिविर आयोजना गर्दै 

काठमाडौं– काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) काठमाडौं चिल्ड्रेनस् हस्पिटलले

नालामा डुबेर १५ महिने बालकको मृत्यु

रौतहट– मौलापुर नगरपालिका-३ गम्हरिया टोल बस्ने राजेश साह तेलीको छोरा १५ महिनाको

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

बर्दिया– ठाकुरबाबा नगरपालिका-६ बकुवा बस्ने ४९ वर्षीय सन्तराम थारूको घरको पछाडि रहेको

प्रतिनिधिसभा निर्वाचन : नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस

देवदह– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)