जनकपुरधाम नगरले सरसफाइ कार्यक्रमको आयोजना गर्ने « Khabarhub

जनकपुरधाम नगरले सरसफाइ कार्यक्रमको आयोजना गर्ने


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनकपुरधाम नगरको सरसफाइका लागि विभिन्न निर्णय गरिएको छ । आज जनकपुरधाम उपमहानगरपालिकाको सभाहलमा आयोजित सर्वपक्षीय भेलाले जनकपुरधामको सरसफाइका लागि टास्क फोर्सको गठनदेखि अगामी शुक्रबार बेलुकी ४ बजे सचेतना ¥याली गर्ने कार्यक्रम तय गरेको छ ।

पाँचदेखि सात सदस्यीय एक टास्क फोर्स गठन गरी सरसफाइसम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तयार गर्ने र सँगसँगै सचेतनाका कार्यक्रमसमेत चलाउने निर्णय भएको हो ।

काठमाडौँमा पनि २०६१ पछि मात्र सचेतना बढेको र त्यसपछि मात्र सडकमा फोहर फाल्न बन्द भएको भन्दै धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जनकपुरधाममा सचेतनाको कमी रहेकाले जागरण चलाउनुपर्ने बताए ।

भण्डारीले जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयमा पान, गुट्खा खाएर थुक्नेलाई सार्वजानिकरूपमा दशपटक कान समातेर उठबसको कारवाही सुरु भइसकेको जानकारी गराए । कार्यक्रममा बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहले जनकपुरधाम सफाइका लागि नियम र कडाइ तथा करवाही आवश्यक रहेको बताए।

सहायक प्रजिअसहित तीनै तहका प्रशासनका प्रतिनिधिले जनकपुरधामको सफाइ हरेक जनकपुरधामवासीको प्रतिष्ठासँग जुटेकाले उपमहानगरपालिकाले नेतृत्व लिन हिचकिचाउन नहुने भन्दै प्रशासनका तर्फबाट कुनै पनि सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेका थिए ।

घरको अगाडि मुख्य सडकमा फोहर फ्याँक्नेलाई कारवाहीको दायरामा ल्याउनुपर्ने र फोहर उठाउन उपमहानगरपालिकाले सक्रियता देखाउनुपर्ने भेलाको निष्कर्ष थियो । कार्यक्रममा उपमहानगर उपप्रमुख किशोरी साह, जनकपुरधाम उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्श, युवा क्लब, वडास्तरका टोल सुधार तथा सफाइ समिति, विभिन्न पेसागत सङ्गठनका प्रतिनिधिसहित वडाध्यक्ष तथा सदस्यको उपस्थिति थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : ०३ बजे

ट्राफिक प्रहरीको कारबाहीबाट २१ लाख ८६ हजार राजस्व दाखिला

काठमाडौँ– काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले एकै दिन दुई हजार २९९

मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्तमा करिब दुई हजार विद्यार्थी दीक्षित हुँदै

कर्णाली– मध्यपश्चिम विश्वविद्यालयले सिनेट, दीक्षान्त र वार्षिकोत्सव बुधबार आयोजना गर्ने

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोकभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद्‍ भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण