वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा « Khabarhub

वीरगञ्ज महानगरले अधीनमा ल्यायो अतिक्रमित जग्गा


२९ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वीरगञ्ज महानगरपालिकाले अतिक्रमित पाँच विघाभन्दा बढी जग्गा नियन्त्रणमा लिएको छ । महानगरको वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याएको हो ।

महानगरको टोलीले नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने कामसमेत गरेको छ । सार्वजनिक जग्गा छुट्याएर तारबार गरी वृक्षरोपण गर्ने महानगरको योजना छ ।

सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै सम्भावित स्थानमा पुगेको हो । अतिक्रमित जग्गा वडा नं १७ का वडा सदस्य अमोद यादवसहित केही स्थानीयवासीले भोगचलन गर्दै आएका थिए ।

यादव एक्लैले आफ्नो नाममा रहेको सात कठ्ठा जग्गाको आडैमा रहेको चार बिघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नं १९ का वडाध्यक्ष मुकेशकुमार चौरसियाले बताए ।

अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको उनले जानकारी दिए । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले नगरक्षेत्रभित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर मातहतमा ल्याउन अभियान अगाडि बढाएसँगै वडा नं १७ को पाँच बिघा जग्गा आफ्नो अधीनमा ल्याउन सफल भएको बताए ।

अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्याङ्क नरहँदा खोजीमा कठिनाइ भइरहेको भए पनि अभियान सफल पार्न टोली दिनहुँ खटिएको पनि उनले जानकारी दिए ।

अतिक्रमण भएको पाँच बिघाभन्दा बढी जग्गा एकैपटक अधीनमा ल्याएको यो पहिलो घटना हो । हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखीकरण गरेर राख्न र आवश्यकताअनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको पनि नगरप्रमुख सिंहले बताए ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  १० : १८ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले