आँप र यसको पात स्वास्थयका लागि उपयोगी | Khabarhub Khabarhub

आँप र यसको पात स्वास्थयका लागि उपयोगी


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं, २९ चैत। आँप स्वादमा मात्रै होइन स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ। आँप मात्रै होइन यसको पात पनि धेरै फाइदाजनक छ।आँपको पात धेरै गुणले भरिपूर्ण छ। आँपको पातमा भिटामिन ए, बी र सी पाइन्छ।

यसबाहेक, यी पातहरूमा एन्टी–अक्सिडेन्ट र फ्लेभोनोइड्स र फिनोलहरू पनि प्रशस्त मात्रामा पाइन्छ।

आँपको पातमा एन्टी–माइक्रोबियल गुणका कारण पनि प्रयोग गरिन्छ र यी पातहरू धेरै स्वास्थ्य समस्याबाट छुटकारा पाउनका लागि प्रभावकारी साबित हुन्छन्।

आँपको पातको सेवनले मधुमेह जस्तो रोगबाट बचाउनमा मद्दत गर्छ। यसमा ट्यानिन हुन्छ जसले सुरुवातमा मधुमेह निको पार्न धेरै प्रभावकारी भूमिका खेल्दछ। साथै यस्तो अवस्थामा आँपको पातलाई काँचो चपाएर पनि यसको फाइदा लिन सकिन्छ। अथवा पातलाई सुकाएर धुलो बनाएर खान सकिन्छ भने यी पातहरूलाई पानीमा उमालेर छानेर पिउदा पनि स्वास्थ्यमा निकै राम्रो असर गर्दछ।

आँपको पातले रक्तचाप कम गर्नमा पनि मद्दत गर्छ। यी पातहरूको हाइपोटेन्सिभ गुणको कारण यो पात रक्तचाप कम गर्न प्रभावकारी मानिन्छ।

आँपको पात सेवन गर्दा चिन्ता कम गर्न प्रभावकारी हुने गर्दछ। आँपको पात रुघाखोकिलाई निको पार्दछ। आँपको पातले रुघाखोकि वा श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित समस्यामा निकै फाइदाजनक साबित हुन्छ।

पातलाई पानीमा उमालेर पिउँदा चिसोको समस्याबाट राहत पाउन सकिन्छ। आँपको पातको पानी तताएर त्यसमा एक चम्चा मह मिसाएर चिया जस्तै पिउन पनि सकिन्छ।

साथै आँपको पातको सेवनले पेटसम्बन्धी समस्यालाई पनि हटाउन सकिन्छ। आँपको पातलाई मनतातो पानीमा रातभर भिजाउने र भोलिपल्ट खाली पेटमा पिउनुहोस्। यसो गर्नाले पेटबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ र शरीर भित्री रुपमा पनि सफा हुन्छ। यसो गर्दा पेटको स्वास्थ्य राम्रो रहनुका साथै छाला पनि भित्री रूपमा चम्किलो हुन्छ। तौल घटाउनमा पनि यस पातको फाइदा निकै रहेको छ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ०५ बजे

माओवादी महासचिव गुरुङको आरोप : कांग्रेस-एमालेले देशलाई प्रतिगमनतिर लैजान खोजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नयाँ गठबन्धनका नाममा

आसामको बाढीमा मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो

एजेन्सी– भारी बर्षापछि आसाममा आएको बाढीको कारण अहिलेसम्म ३८ जनाको

राष्ट्रियसभामा कृषि र शिक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव

काठमाडौँ– सांसदद्वय पदमबहादुर परियार र आनन्दप्रसाद ढुंगानाले दुई मन्त्रालयको खर्च

ओलीले देउवालाई पनि धोका दिन्छन्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकाका सभापति शेरबहादुर

राष्ट्रियसभा : शिक्षामा बजेट थप्न सांसदहरूको माग

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले शिक्षा क्षेत्रमा बजेट थप्न तथा