नेतृत्व गलत हुँदा देश समस्यामा छ | Khabarhub Khabarhub

नेतृत्व गलत हुँदा देश समस्यामा छ

‘प्रधानमन्त्री भेट्नु भनेको तपाईंको इज्जत जानु हो’


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

वामपन्थी विचार राख्ने राजनीतिक विश्लेषक हुन् मुमाराम खनाल। उनी आफूलाई लागेको कुरा प्रष्टसँग राख्छन्। लामो समयको माओवादीसँगको आवद्धता र वैकल्पिक राजनीतिक हुँदै पछिल्लो समय विचार, विश्लेषण र अध्ययनमा व्यस्त खनाल राजनीतिप्रति तिखो विश्लेषण गर्छन्। पछिल्लो समय देखिएका राजनीतिक पात्र र प्रवृत्तिप्रति उनले विभिन्न धारणा राख्दै आएका छन्। भर्खरै राष्ट्रिय स्वतन्त्र पार्टीको अडियो काण्ड बाहिर आएको छ। यसले राजनीतिमा नयाँ तरंग ल्याएको छ। अडियो प्रकरण, राजनीतिक गतिविधि र सरकारका कामका विषयमा आधारित भएर राजनीतिक विश्लेषक खनालसँग राजु थापाले गरेको कुराकानीको सम्पादित अंश :

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग मागेको विषयमा के टिप्पणी गर्नुहुन्छ ?
वास्तवमा पात्र, प्रवृत्ति र घटनाका आयामहरू जुन हुन्छन्। ती आयामहरू अचानक प्रकट हुँदा पहिलाको घटना र त्यसमा जोडिएको पात्र आउँछ। पात्रको प्रवृत्तिको कुरा आउँछ। यस्तो घटना पात्र र प्रवृत्ति हामीसँग पटकपटक किन जन्मिन्छ भन्ने सवाल उठेको छ। राजनीतिक पार्टी भित्र ढाकाकुमार श्रेष्ठ जस्ता मान्छे किन हाबी भइरहेका छन् भन्ने गम्भीर सवाल हो। यसले के संकेत गर्छ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। राजनीतिमा खराब तथा सही भन्ने कहिल्यै पनि हुँदैन। हिजो सही भनेका मान्छे आज खराब छन्। हिजो खराब भनेका मान्छे आज सही देखिएका छन्। कतिपयले आफू गल्ती सुधार गरेर आएका छन्। अहिले निस्किएको ढाकाकुमार श्रेष्ठको रेकर्डलाई मात्र हेर्नु हुँदैन। यसको जरो के हो खोज्नुपर्छ। नेपाली जनताले चिनेका र आदर्श मानेका नेताहरू सबै शत्रु भए। नेपाली जनताको लागि बरु नचिनेको मान्छे आउँदा विश्वास गर्ने वातावरण बनेको छ। राज्यको नेतृत्वमा पुगेका मान्छे पारदर्शी नहुँदा अविश्वास बढेको छ। यस्ता विषयमा गम्भीर ढंगले छानबिन हुनुपर्छ।

राष्ट्रिय स्वतन्त्र पार्टीले के कस्ता सुधारका काम गरेको छ, अहिलेसम्म कुन रूपमा अगाडि बढेको छ ?
पुराना पार्टीको इतिहास ८० वर्षको छ। त्यो पार्टीको जुन बनोट छ त्यसको संरचना यति बलियो छ भन्ने लाग्दैन। रवि लामिछानेको पार्टी त्यसले सुशासनका निम्ति कुनै क्रान्ति गरेको छैन। कुनै संविधान बनाएको छैन। सुशासन, जिम्मेवारीपन, लोकप्रिय काम गरेर उदाएका नेता अस्थायी र छोटो अवधिका लागि नेतृतवमा पुगेका छन्। अवसर पाए केही गर्ने तर सैद्धान्तिक र वैचारिक अन्तर्विरोधको ठाउँमा सानातिना व्यक्तिगत रुचि भिन्नताका कारणले उथलपुथल भएको अवस्था छ। लोकतन्त्रलाई फराकिलो बनाएर अग्रगामी बाटोमा जानुपर्छ। राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै विश्वास गर्ने ठाउँ छैनन्। राजनीतिक मुद्दामा उसले संघीयताको विषयमा फरक धारणा राखेको छ। यो पार्टीलाई अझै केही समय हेर्नुपर्छ।

दुई करोडको अडियो प्रकरणलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
दुर्गा प्रसाईंको बारेमा टिप्पणी गर्न मलाई रुचि नै छैन। उनका अभिव्यक्ति नचाहँदा पनि सुनिन्छ। अभिव्यक्ति जुन किसिमबाट आएका छन् त्यस्तो व्यक्तित्वलाई राजनीतिक तहले कसरी उपयोग गर्छ तथा राजनीतिक तहलाई त्यस्तो व्यक्तित्वले कसरी उपयोग गर्छ त्यो फरक विषय हो। म त्यसमा यति मात्र टिप्पणी गर्छु नेपालको नेतृत्व त्यहाँ भन्दा तल रहेछ जसले जसलाई उपयोग गर्न सक्ने रहेछ। जुन शक्ति केन्द्रसँग बारम्बार जोडिएका छन्। शक्ति केन्द्रसँग जोडिएर नेपालको राजनीति, सामाजिक सम्बन्ध, मिडिया सम्बन्धमा, जेजस्ता प्रतिक्रिया आइरहेका छन्। भनिन्छ नि घरका परिवार दुष्ट भएमा घर छोड, समाज दुष्ट भएमा समाज छोड, राजा दुष्ट भयो भन देश छोड। भन्नुको मतलब अहिले राजा नभएको कारण सांसद भन्न खोजेको हो। अहिले घर दुष्ट भएर घर छोडेको होइन, बाध्यताले घरका परिवारले छोडेका हुन्। अहिले हरेक घरमा बुढाबुढी एक्लै रहेका छन्। सन्तान छैनन्। बुढा मरेमा बुढी एक्लै, बुढी मरे बुढा एक्लै भएको छ। ८० प्रतिशत जमिन हाम्रो उजाड हुँदै छ। देश छोड्नेको ताती नै छ। यसले देशको अनुहार देखाएको छ।

लिएको ऋण चुक्ता गर्न नसकेपछि सबैलाई गाली गर्दै हिँड्नुलाई कसरी लिनुहुन्छ ?
यसलाई नाटकीय रूप दिन सकिँदैन। पात्र उनै हुन्। जसले प्रचण्डलाई उपयोग गरे। मन्त्रीलाई उपयोग गर्न सक्ने, पूर्व राजालाई उपयोग गर्नसक्ने अवस्था बनाए। अब केही सीप नचलेपछि ती मान्छे आफैमा के हुन भनेर सोच्नै परेन। आफ्नै कारण गालीगलौज गर्न बाध्य भएको जस्तो देखिन्छ । हामो मुलुकका जति बिचौलिया छन् कोही उद्योगपतिको नाम, कोही शिक्षकको नाम, स्वास्थ्य क्षेत्रका व्यक्तिको नाम यस्तैयस्तै छन्। यी पनि एक पात्र हुन जसको नाममा अगाडि बढेको देखिन्छ। यिनका बारे थप टिप्पणी आवश्यक छैन। हाम्रो देशका नेताहरू मानसिक रूपमा गरिबी रहेका छन्। अहिलेको प्रधानमन्त्री भेट्नु भनेको तपाईंको इज्जत जानु हो। अनि को जान्छ प्रधानमन्त्री भेट्न। कि मलाई एउटा ठाउँ दिनुपर्यो, राज्य लुटेर धनी हुनुपर्यो भन्न सक्नु हुन्छ भने जानुहोस्। नत्र प्रधानमन्त्री भेट्न जाने काम नै छैन।

देश विकास तथा सुध्रिन के कस्ता कार्य हुनुपर्छ ?
देश सुध्रिन पहिले आफू सुध्रिनुपर्छ। आफ्नो नियत बदल्नुपर्छ। आफू सुध्रिएमा देशमा आफै सुध्रिन्छ। देश चलाउने व्यक्ति नै सही नहुँदा देश समस्यामा छ। समस्याको मुख्य कारण यही हो।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह र सरकारको बीचको जुहारीको कारण के हो ?
उहाँको चरित्र र मनसाय पवित्र छ। त्यो पवित्रता आफै निश्चित भने हुँदैन। काठमाडौँ महानगर यस्तो जटिल ठाउँमा छ। जहाँ संघीय सांसद १० जनासम्म छन्। त्यसको ठिक डबल प्रादेशिक सांसद छन्। यहाँ सबैका एकल र साझा अधिकार छन्। संघ, प्रदेश र स्थानीय तह बीचको समन्वय आफैमा धेरै जटिल छ। त्यसलाई फुकाउने काम बालेनजी को हो। बालेनमा आक्रोशको भावना मात्र आउने रहेछ। जुन भावनालाई जनताले मात्र ताली दिन्छन्। तर यस्तो भावनाले नेतृत्वमा बसेर काम गर्न सकिँदैन। यो शैलीले काम हुँदैन।

बालेन शाहले चुनाव अगाडि र अहिले भएका कार्यमा किन फरकपन भएको हो ?
उनले सानो कामबाट मन जित्दै आउनु पर्ने थियो। तर त्यसमा उनी चुकेका छन्। अहिले बालनेमा आक्रोश आएको छ। त्यो उमेरजन्य आक्रोश हो। उनी जुन रूपमा त्यो पदमा गएका छन् उनका सानातिना सकारात्मक कार्यहरू कतै देखिएको जस्तो लाग्दैन। (एभिन्युजसँगको सहकार्यमा तयार कुराकानी)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ८ : ३८ बजे

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ