वर्ष २०७९ : पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह | Khabarhub Khabarhub

वर्ष २०७९ : पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ ।

नेपाल पर्यटन बोर्डको तथ्यांकनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् । 

 कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताए । ‘पर्यटनका हिसाबले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो’, उनले भने, ‘हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।’

निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशत ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उनको भनाइ छ । 

वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ । होटल सङ्घ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहवर्द्धक रहेको बताउँछन् । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरूले लिएको उनको भनाइ छ । ‘पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ’, उनले भने ।

पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख संकलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् । 

नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताए । उनले भने, ‘पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् । कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।’

 ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउँछन् । ‘समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ’, उनले भने।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ०५ बजे

एक लाख पर्यटकबाट शालिग्राम सङ्ग्रहालयको अवलोकन

बागलुङ– बागलुङ नगरपालिका– ४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको आकर्षण

प्रेस चौतारीले कारबाही गरेका दुई पत्रकार सञ्चारिकामा निर्वाचित

काठमाडौं– नेकपा प्रेस चौतारीले कारबाही गरेका दुईजना सदस्य सञ्चारिका समूहको

क्यानडा निर्वाचनः अर्थशास्त्री कार्नीको व्यक्तित्व फ्याक्टर

मार्क कार्नी बेलायत तथा क्यानडाको केन्द्रीय बैङ्कका पूर्व गभर्नर हुन्।

शिक्षक र प्रधानमन्त्रीबीच कुरो मिलेन, आज पनि आन्दोलन जारी रहने

काठमाडौं– नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनलाई आज पनि जारी