‘भारत विकासशील देशहरूको पक्षमा छ’ « Khabarhub

‘भारत विकासशील देशहरूको पक्षमा छ’


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रोम– भारतका केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पीयूष गोयलले बुधबार भारत ‘विकासशील देशहरूको पक्षमा’ रहेको तथा उनीहरूका विकासका चाहना र समस्या समाधानका निम्ति आवाज उठाउँदै आएको बताउँदै भारतले नै विश्वमा दक्षिणको प्रतिनिधित्व गरिरहेको दाबी गरेका छन् ।

भारत र इटालीका व्यापारीहरूको उपस्थितिमा यहाँ भएको एक कार्यक्रममा मन्त्री गोयलले  भारत अल्पविकसित देशहरूको उज्ज्वल भविष्यका निम्ति संसारका अन्य भागहरूमा आवाज उठाउन सक्रिय भएर लागेको दाबी गरे । विकासको प्रक्रियामा रहेका देशलाई सघाउनुपर्छ भन्ने मान्यताका साथ भारतले विश्वमञ्चहरूमा आवाज उठाउँदै आएको उनले दोहोर्‍याए । 

सो अवसरमा इटालीका लागि भारतका राजदूत नीना मल्होत्राका साथै इटालीका विदेश मामिला तथा अन्तर्राष्ट्रिय सहयोगमन्त्री एडमन्डो सिरिएलीलगायत उपस्थित थिए ।

मन्त्री गोयल हाल फ्रान्स र इटालीको औपचारिक भ्रमणमा छन् । उनी नेतृत्वको प्रतिनिधिमण्डलमा साथ भारतका प्रमुख व्यापारिक प्रतिष्ठानका शीर्ष प्रमुख कार्यकारी अधिकृतहरू छन् । बुधबार पेरिसमा भएको भारत–फ्रान्स व्यापार शिखर सम्मेलन तथा प्रमुख कार्यकारी अधिकृतहरूको गोलमेच बैठकमा उनले भारत अवसरको खानी भएको बताउँदै त्यहाँ लगानी गरेर लाभान्वित हुन आमन्त्रण गरेका थिए ।

मन्त्री गोयलको यो भ्रमणबाट युरोपमा रहेका भारतका प्रमुख व्यापारिक साझेदारसँगको द्विपक्षीय सम्बन्धलाई थप गतिशील बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : २० बजे

अन्तर्राष्ट्रिय दर्शक लक्षित गरी हङकङमा नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को विशेष शो

काठमाडौं – संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहणको साहासिक कथा र

मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्चको रोक

वासिङ्टन- अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले नोभेम्बरमा हुने मध्यावधि

कांग्रेसले भन्यो : विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय समिति गठन गरौँ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपद् व्यवस्थापनका लागि उच्चस्तरीय संसदीय

पीएमजीओ साउथ एसिया फाइनल्स काठमाडौंमा हुँदै, एक्स्ट्रिम इनर्जी ड्रिंक मुख्य प्रायोजक

काठमाडौं– नेपालमा पब्जी मोबाइल गेमिङको ठूलो प्रतियोगिताका रूपमा पीएमजीओ साउथ

मिनी ट्रकको ठक्करबाट पाँच वर्षीय बालकको मृत्यु

कैलाली– स्थानीय गौरीगंगा नगरपालिका–२ झिलमा आज मिनी ट्रकको ठक्करबाट स्थानीय