सडकका ८५ प्रतिशत बालक यौन हिंसामा « Khabarhub

सडकका ८५ प्रतिशत बालक यौन हिंसामा


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बालकमाथि पनि यौन हिंसा हुने गरेको विभिन्न तथ्याङ्कले देखाएको छ ।

भ्वाइस अफ चिल्ड्रेनले बिहीबार काठमाडौँमा आयोजना गरेको ‘बालकप्रति हुने यौन दुर्व्यवहार रोकथाम गर्न सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा नेपालमा पनि बालकमाथि विभिन्न बहानामा यौन हिंसा हुने गरेको जानकारी दिएकाे छ ।

नेपाल प्रहरी, महिला बालबालिका ज्येष्ठ नागरिक सेवा निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९३ जना  र २०७७/७८ मा ९० जना बालक यौन हिंसामा पर्ने गरेका छन् ।

भ्वाइस अफ चिल्ड्रेनका कार्यक्रम निर्देशक राजु घिमिरेले नातेदार, अभिभावक र विदेशी नागरिकबाट धेरै जसो बालक यौन हिंसामा पर्ने गरेको बताए । बालकलाई फकाई फुलाई यौन हिंसाजस्ता क्रियाकलापमा सहभागी गराउने गरेको उनको भनाइ छ । बालकमाथि हुने यौन हिंसाका घटना कम उजुरी पर्ने गरेका छन् । बालकको अनुभवलाई साधारणरूपमा लिने गरिन्छ र कुनै पनि हानिकारक तथा जोखिमयुक्त तरिकाबाट लिइँदैन ।

यौन दुर्व्यवहारले बालकलाई पनि बालिकाजस्तै शारीरिक, बौद्धिक तथा मानसिक रूपमा असर पर्ने गर्दछ । अध्ययनअनुसार सडकमा बस्ने बालकमध्ये ८५ प्रतिशत बालक यौन दुर्व्यवहार र शोषणमा पर्ने गरेका छन् । हाल ९३ प्रतिशत देशले वयस्क र बालिकाबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् भने ८२ प्रतिशत वयस्क र बालकबीचको यौन सम्बन्धलाई अपराध मानेका छन् ।

यस्तै विश्वभर छ जना बालकमध्ये एक जना १८ वर्ष हुनु अधि नै यौन हिंसाबाट प्रभावित हुने गरिएको अनुमान गरिएको छ ।

बालकलाई गोप्य अङ्ग छोएर अर्थात् छुन लगाएर, अप्ठ्यारो लाग्ने गरी सुमसुम्याउनु, अश्लील शब्द प्रयोग गरेर बोलाउनु, अश्लील तस्बिर तथा भिडियो देखाउनु, यौनजन्य मेसेज पठाउनु, गोप्य अङ्ग हेर्नु वा हेर्न लगाउनुजस्ता यौन दुर्व्यवहार हुन् ।

बालकलाई पनि यौन दुर्व्यवहार हुन्छ भनेर सचेतना फैलाउन आवश्यक छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ३ : ४१ बजे

कर्णालीले पोखराविरुद्ध पहिला फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले पोखरा

एक सातामा ५६ जनामा डेंगुको संक्रमण, संक्रमितको संख्या ८ हजार नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर ५६ जनामा डेंगुको संक्रमण देखिएको

जाडो बढेसँगै रुघाखोकीका बिरामी बढे

चितवन– भरतपुर अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये २० प्रतिशत मौसमी

पुटिनको भारत भ्रमणले रणनीतिक साझेदारीलाई नयाँ गति दिने

नयाँदिल्ली– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमणलाई रणनीतिक साझेदारी पुनर्जीवित

योगेशनिकट ताप्लेजुङका दुई एमाले नेतालाई कारबाही, ६ महिनाका लागि निलम्बन

ताप्लेजुङ- नेकपा एमाले यतिबेला ११औँ राष्ट्रिय महाधिवेशनको संघारमा छ ।