विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोशाक लगाउन निर्देशन « Khabarhub

विमानस्थलमा खटिने कर्मचारीलाई खल्तीरहित पोशाक लगाउन निर्देशन


३० चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लगेज ओसारपसार गर्ने आफ्ना कर्मचारीलाई खल्ती नभएको पोषाक लगाउन निर्देशन दिएको छ । 

यात्रुहरूको लगेज टुटफुट  भएको गुनासो आएपछि निगमले विमानस्थलमा कार्यरत कर्मचारीका लागि खल्तीरहित पोशाकको व्यवस्था गरेको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार ब्यागेज ह्याण्डलिङ सेवा सुधारका लागि आजदेखि कर्मचारीलाई खल्तीरहित पोशाकको व्यवस्था गरिएको छ । 

ब्यागेज ओसारपसार गर्ने ट्रलीमा बार तथा चेन लगाइएको छ भने लगेज सुरक्षासम्बन्धी कर्मचारी खटाइनुका साथै वर्षाको पानीले ब्यागेज भिज्नबाट बचाउन ब्यागेज ट्रलीमा छाना व्यवस्था गरिएको छ । 

त्यस्तै ब्यागेजसम्बन्धी गुनासो सुनुवाइका लागि विमानसथलमास्थित ब्यागेज ह्याण्डलिङ युनिटलाई २४ घण्टा नै क्रियाशील गराइएको निगमले जनाएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहिबार  ५ : ३५ बजे

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक १६ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १६ गते सोमबार सन् २०२६

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो