काठमाडौँ- पूर्व राजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनको प्रक्रियामा इमान्दारीको ठूलो महत्व रहेको बताएका छन् ।
नयाँ वर्ष २०८० को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै पूर्व राजा शाहले राजनीतिक दल र त्यसका जिम्मेवार नेताहरूले बोलेको, सम्झौता र सहमतिको अझै ठूलो अर्थ रहने बताएका हुन्।
नयाँ वर्षको उपलक्ष्यमा उनले नेपाल भित्र र विश्वका विभिन्न भूभागमा रहेका नेपालीहरूमा सुख शान्ति र समुन्नतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रतिक्रिया