ब्राजिल फर्केको छ : ब्राजिलका राष्ट्रपति लुला « Khabarhub

ब्राजिल फर्केको छ : ब्राजिलका राष्ट्रपति लुला


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साङ्घाई– युक्रेनका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले व्यापार सम्बन्धलाई मजबुत बनाउने र युक्रेनमा शान्ति स्थापनाका लागि समर्थन जुटाउने उद्देश्यका साथ चीनको राजकीय भ्रमणका क्रममा बिहीबार ‘ब्राजिल फर्केको’ बताएका छन् ।

बुधबार राति साङ्घाई आइपुगेका अनुभवी वामपन्थी नेता लुलाले आफ्ना पूर्ववर्ती जायर बोल्सोनारोको नेतृत्वमा चार वर्षको सापेक्षिक अलगावपछि ब्राजिललाई एक प्रमुख वैश्विक खेलाडीको रूपमा पुनः स्थापित गर्न खोजिरहेका छन् ।

ब्रिक्स नयाँ विकास बैंक (एनडीबी) को अध्यक्षका रूपमा आफ्नो राजनीतिक सहयोगी डिल्मा रूसेफको उद्घाटन समारोहमा लुलाले भने, ‘ब्राजिल विश्वका ठूला निर्णयहरूमा अब धेरै समय अनुपस्थित रहनुपर्ने छैन ।
‘हामी एक अकल्पनीय अनुपस्थितिपछि अन्तर्राष्ट्रिय मञ्चमा फर्केका छौँ,’ उनले भने ।

लुलाले बिहीबार साङ्घाईमा बिताएर आफ्ना समकक्षी सी जिनपिङलाई भेट्न चीनको राजधानी जाने छन् ।
चीन र ब्राजिल दुवैले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अति घनिष्ठ रहेको पश्चिमा चिन्ताका बावजुद द्वन्द्वमा आफूलाई मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् ।

लुलाको भ्रमणको साङ्घाई चरणले दुई देशबीचको आर्थिक सम्बन्धलाई अझ प्रगाढ बनाउन भ्रमणको अर्को प्रमुख लक्ष्यलाई उजागर गरेको छ ।

चीन ब्राजिलको सबैभन्दा ठूलो निर्यात बजार हो, जसले अर्बौँ डलरको भटमास, गाइको मासु र फलामको कच्चा पदार्थ (आइरान ओर) खरिद गर्दछ ।

ब्राजिल, चीन, रुस, भारत र दक्षिण अफ्रिकाले संयुक्त रूपमा स्थापना गरेको बहुपक्षीय ऋणदाता एनडीबीको नेतृत्व ब्राजिलका रूसेफले सन् २०२५ सम्म गर्ने छन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ७ : ५५ बजे

एक करोड लागतमा पुस्तकालय भवन निर्माण

दमौली– यहाँको देवघाट गाउँपालिका–५ मा एक करोड लागतमा देवघाट सार्वजनिक

अर्थसंक्षेप : नेप्सेमा सामान्य गिरावट, भक्तपुर चेम्बरको अध्यक्षमा श्रेष्ठ निर्विरोध र एआई पहलमा भारतलाई अमेरिकी निम्तो

भक्तपुर चेम्बर अफ कमर्सको अध्यक्षमा श्रेष्ठ निर्विरोध लामोसमयदेखि शैक्षिक विकासको

विशेष महाधिवेशन पक्षधरको चेतावनी : सभापति नआए भोलि नै नयाँ नेतृत्व घोषणा हुन्छ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षीय नेताहरूले बहुमत प्रतिनिधिको आवाजलाई

‘कांग्रेसको विशेष महाधिवेशनका पक्षमा पुगे ६३ प्रतिशत प्रतिनिधि’

काठमाडौं- काठमाडौंमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा ६३

इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सयौँको ज्यान जानेगरी भएको प्रदर्शनलाई