जुम्लामा फापर खेती घट्दै « Khabarhub

जुम्लामा फापर खेती घट्दै


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

जुम्ला – पछिल्लो समय जुम्लामा फापर खेती गर्नेको सङ्ख्या घटेको छ । हिमाली भेगमा उत्पादन हुने फापर अन्नबालीमा जिल्लाका किसानमा ध्यान जान सकेको छैन ।

व्यावसायिकरूपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा लोपोन्मुख अवस्थामा पुगेको देखिन्छ । उच्च रक्तचाप तथा मधुमेहका बिरामीले फापरका परिकार खाने गर्छन् । यो परिकार सेवन गर्दा मधुमेह, उच्च–रक्तचाप, कब्जियत, मोटोपन घटाउन सहयोग पुग्ने र मानिसको स्मरणशक्ति बढाउन लाभदायक मानिन्छ ।

नेपालमा हाल तीते र मीठो गरी दुई थरीको फापरको उत्पादन हुँदै आएको छ । जुम्लामा आर्थिक वर्ष २०७८÷०८९ को तथ्याङ्कअनुसार ९० हेक्टर क्षेत्रफलमा ९९ मेट्रिक टन फापर उत्पादन हुने गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेशबहादुर अधिकारीले बताए। जुम्लाको चन्दननाथ नगरपालिका–१ गौरीनन्द आचार्यले जिल्लामा पछिल्लो समयमा किसानले फापर खेती गर्न छाडेको जानकारी दिए ।

जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएकोप्रति यहाँका किसानले चिन्ता गरेका छन् । खेतीयोग्य जमिनमा रैथाने बाली हराउन थालेको छ । अहिले कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरूपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै आएका छन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन ।

दशक अघिसम्म ग्रामीण क्षेत्रका उच्च भागमा फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनको उत्पादनमा कमी भए पनि बजारमा माग भने बढेको तिला गाउँपालिका–१ स्थानीयवासी नर रावतको भनाइ छ । उत्पादन कम हुने हुँदा फापर खेती गर्न छाडेको र जति मेहनत गरे पनि उत्पादन न्यून हुँदा फापर बालीप्रति आकर्षण घटेको किसानहरू बताउँछन् ।

यता तिला–९ का किसान धनबहादुर बुढाले गाउँघरमा भन्दा सहर बजारमा फापरको महत्त्व बढ्दै गएको बताउनुभयो । जिल्लाका आठवटै स्थानीय तहले फापर खेतीलाई संरक्षण गर्नका लागि ध्यान नदिएको जिल्लाका किसान बताउँछन् ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १० : ५१ बजे

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन

दुई सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन

काठमाडौं – गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीसहित आठ कर्मचारीको

राष्ट्रियसभा निर्वाचनः बागमती प्रदेशका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान

बागमती – आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि

कोशीका जेनजी प्रतिनिधि र हर्क राईबीच छलफल

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र काउन्सिल

आसन्न निर्वाचनको परिणाम एमालेको पक्षमा : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी