ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा « Khabarhub

ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ ।

जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि बेष्ट इन्डिजले आफ्नो १५ सदस्सीय टोली घोषणा गरेको हो ।

विश्वकप छनोट अघि युएईविरुद्ध तीन खेल्न लागेको वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सोही टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि सहभागी हुँदै छ ।

विश्वकप छनोटमा आयोजक जिम्बावेसहित नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र अमेरिकासहित १० टोलीले सहभागिता जनाउँदै छन् । यस छनोटबाट विजयी दुई टोलीले भारतमा आयोजना हुने विश्वकप खेल्ने छन् ।

वेस्ट इन्डिजको टोली
शाई होप (कप्तान)मा बेष्ट इन्डिजको टोलीमा रोभम्यान पोवेल (उपकप्तान), निकोलस पुरन,  केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, शमराह ब्रुक्स, यानिक कारिया, अकिल हुसेन, कायल मायर्स, गुडाकेस मोती, अल्जारी जोसेफ, ब्रान्डन किंग,  किमो पल र रोमारियो शेफर्ड रहने छन्।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ३५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना