ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा « Khabarhub

ग्लोबल क्वालिफायरका लागि वेस्ट इन्डिजको टोली घोषणा


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट (ग्लोबल क्वालिफायर) का लागि वेस्ट इन्डिज टोलीको घोषणा भएको छ ।

जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने ग्लोबल क्वालिफायरका लागि बेष्ट इन्डिजले आफ्नो १५ सदस्सीय टोली घोषणा गरेको हो ।

विश्वकप छनोट अघि युएईविरुद्ध तीन खेल्न लागेको वेस्ट इन्डिज क्रिकेट बोर्डले शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । सोही टोलीले एक दिवसीय अन्तर्राष्ट्रिय शृंखलामा पनि सहभागी हुँदै छ ।

विश्वकप छनोटमा आयोजक जिम्बावेसहित नेपाल, वेस्ट इन्डिज, स्कटल्यान्ड, युनाइटेड अरब इमिरेट्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, ओमान र अमेरिकासहित १० टोलीले सहभागिता जनाउँदै छन् । यस छनोटबाट विजयी दुई टोलीले भारतमा आयोजना हुने विश्वकप खेल्ने छन् ।

वेस्ट इन्डिजको टोली
शाई होप (कप्तान)मा बेष्ट इन्डिजको टोलीमा रोभम्यान पोवेल (उपकप्तान), निकोलस पुरन,  केसिया कार्टी, रोस्टन चेस, जेसन होल्डर, शमराह ब्रुक्स, यानिक कारिया, अकिल हुसेन, कायल मायर्स, गुडाकेस मोती, अल्जारी जोसेफ, ब्रान्डन किंग,  किमो पल र रोमारियो शेफर्ड रहने छन्।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ३५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५