साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो « Khabarhub

साउदीमा सवारी दुर्घटनामा परेका रखाललाई नेपाल ल्याइयो



दोहा – साउदी अरेबियाबाट नेपाल फर्किने क्रममा सवारी दुर्घटनामा परेका भक्तमणि रखाललाई नेपाल ल्याइएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका घर भएका रखाललाई साउदीस्थित नेपाली दूतावासको विशेष पहलमा वैशाख २१ गते (४ मे) नेपाल ल्याइएको हो ।

गत २१ जनवरी २०२३ का दिन नेपाल फर्किनका लागि विमानस्थल जाँदै गर्दा रखाललाई पछाडिबाट गाडीले ठक्कर दिएको थियो । लामो समयसम्म कोमामा रहेका रखालको स्वास्थ्यवस्थामा क्रमशः सुधार हुँदै गइरहेको र परिवारले छिटो पठाइदिन गरेको अनुरोधका कारण नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उनको किङ अब्दुल्लाह मेडिकल सिटी अस्पतालमा उपचार भएको थियो । रखाललाई ठक्कर दिने सवारीसाधनबारे प्रहरीले हालसम्म पनि कुनै विवरण प्राप्त गर्न नसकेको दूतावासले उल्लेख गरेको छ । उनी वैदेशिक रोजगारीको सिलसिलामा विगत सात वर्षदेखि साउदीमा थिए ।

रखाललाई स्वदेश ल्याउँदा लागेको सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोरेको जनाउँदै हाल परिवारले जिम्मा लगाएर अस्पतालमा भर्ना गरी थप उपचारको क्रममा रहेको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : १८ बजे

जलवायु विपद् र असुरक्षाका कारण सोमालियामा विस्थापन बढ्दै : संयुक्त राष्ट्रसङ्घ

संयुक्त राष्ट्रसंघ – खडेरी, बाढी तथा हिंसात्मक घटनाका कारण सोमालियामा

काठमाण्डु गोर्खाज र चितवन राइनोजबीचको खेल हेर्न पुगेका समर्थक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बुधबार काठमाण्डु गोर्खाज र चितवन

द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित समयभित्रै सम्पन्न गर्न मन्त्री लम्सालको निर्देशन

बागमती– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको काम निर्धारित

विभागद्वारा दुई महिनामै ८८७ फर्ममा अनुगमन, ७४ लाई कारबाही, २२ लाखभन्दा बढी जरिवाना

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तामाथि हुने ठगी,