कर्नाटक विधानसभा निर्वाचन : कांग्रेसलाई पछ्याउँदै बिजेपी « Khabarhub

कर्नाटक विधानसभा निर्वाचन : कांग्रेसलाई पछ्याउँदै बिजेपी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली – भारतको कर्नाटकमा सम्पन्न विधानसभा चुनावको प्रारम्भिक नतिजा आउन सुरु गरेको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार कर्नाटकमा हाल सम्पन्न विधानसभा निर्वाचनबाट कांग्रेस आई अगाडी देखिएको छ ।

जसअनुसार कांग्रेस ९६ स्थानसहित अग्रस्थानमा छ भने भारतीय जनता पार्टीले पच्छाईरहेको छ । यो समाचार तयार पार्दासम्म भाजपा ७८ स्थानमा अगाडि छ । त्यहाँ २२४ सिटका लागि चुनाव भएको हो।

अधिकारीहरूले कर्नाटकमा बीजेपी हार्ने र कांग्रेसले बहुमत ल्याउने विश्लेषण गरिरहेका छन्। कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्माईले भने आफ्नो सरकार बहुमतका साथ सत्तामा फर्किनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन्।

यसैगरी जेडिएस १८ स्थानमा अग्रस्थानमा देखिएको छ भने अन्य राजनीतिक दल ३ स्थानमा अग्रता लिईरहेका छन् । दिउँसोसम्म स्पष्ट नतिजा आइसक्ने निर्वाचन अधिकारीहरूले जनाएका छन्।

निर्वाचन आयोगको तथ्यांकअनुसार यो पटक प्रदेशमा ७३.१९ प्रतिशत मतदान भएको छ, जुन प्रदेशकै अहिलेसम्मकै उच्च रेकर्ड हो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर