खेलकुद पत्रकारिता पुरस्कार क-कसले पाउँदैछन् ? « Khabarhub

खेलकुद पत्रकारिता पुरस्कार क-कसले पाउँदैछन् ?


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – युवा तथा खेलकुद मन्त्रालयले बागमती प्रदेशका सीताराम कोइरालालाई यस वर्षको खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ ।

मन्त्रालयबाट प्रकाशित सूचनाको म्यादभित्र प्राप्त आवेदनका मूल्याङ्कनका आधारमा उक्त पुरस्कारका लागि उनको नाम छनोट भएको हो । पुरस्कारको राशि रु ५० हजार र सम्मानपत्र छ ।

महिला र दलिततर्फको ‘खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार’का लागि कर्णाली प्रदेशका ज्योति कटुवाल र गण्डकी प्रदेशका दीपक परियारको नाम छनोट भएको छ । पुरस्कारको राशि रु २५ हजार छ ।

मन्त्रालयले प्रदेशतर्फको ‘पत्रकारिता प्रोत्साहन पुरस्कार’ अर्जुनकुमार सुवेदी (कोशी प्रदेश), सञ्जीवकुमार साह (मधेस), सुवास बिडारी (बागमती) धनबहादुर गुरुङ (गण्डकी), विजय नेपाल (लुम्बिनी) ललितबहादुर बुढा (कर्णाली) र पूर्णबहादुर खड्का (सुदूरपश्चिम) लाई प्रदान गर्ने भएको छ । उक्त पुरस्कारको राशि रु २५ हजार नगद रहेको छ ।

मन्त्रालयले खेलकुद क्षेत्रमा निरन्तर कलम चलाउने क्रियाशील पत्रकारलाई प्रतिस्पर्धाका आधारमा हरेक वर्ष यस खाले पुरस्कार प्रदान गर्दै आएको छ । मन्त्रालयले विश्व बुढामगर (रुकुमपूर्व), मीना ग्लान (नुवाकोट), गीता विष्ट (कैलाली), नीरज देउवा (डडेलधुरा) र प्रेमकुमार दर्नाल (सर्लाही)लाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त सम्मान खेलाडी पारातर्फ रामबहादुर तामाङ (सिन्धुपाल्चोक), प्रशिक्षकतर्फ नारा श्रेष्ठ गुरुङ (धनकुटा), निर्णायक रेफ्रीतर्फ दीपेन्द्र ढकाल (काभ्रेपलाञ्चोक) र चिकित्सकतर्फ प्राडा नवीसमानसिंह प्रधान (ललितपुर) छन् । उनीहरुलाई जनही रु एक लाख नगद र सम्मानसहितको पुरस्कार प्रदान गरिने छ ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १२ : ३८ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना