नेपालमै सहज उपलब्ध हुँदै ‘एचपीभी’ खोप « Khabarhub

नेपालमै सहज उपलब्ध हुँदै ‘एचपीभी’ खोप


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाठेघरको मुखको क्यान्सरबिरुद्धको ‘एचपीभी’ खोप ‘ नेपालमा सहजै उपलब्ध हुने भएको छ ।  एचपीभी खोप भित्र्याइरहेको नन्दकेम ड्रग डिस्ट्रीव्युटर्सका चिफ अफ सेल्स एण्ड मार्केटिङ सन्देश सिग्देलले अब नेपालमा एचपीभी खोपको उपलव्धतामा समस्या नहुने बताएका हुन् । ‘हामीले आवश्यकता अनुसार खोप जति पनि उपलब्ध गराउँन सक्छौँ’ उनले भने ।

बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले शुक्रबार राजधानीमा आयोजित ‘सर्भाइकल क्यान्सर प्रिभेन्सन इन नेपाल : हाउ इम्पोर्टेन्ट इज एचपीभी भ्याक्सिनेसन?’ विषयक सीएमई विषयक सीएमई कार्यक्रममा बरिष्ठ क्यान्सर रोग विशेषज्ञ अरुण शाहीले कार्यपत्र प्रस्तुत गर्ने क्रममा यसरी विषय उठान गरेका थिए । 

पाठेघरको मुखको क्यान्सरको मुख्य कारण ह्युमन प्यापीलोमा भाइरस(एचपीभी)लाई मानिएको छ । जुन यौन क्रियाकलापको माध्यमबाट महिला वा पुरुषमा सर्दछएचपीभी भाइरसहरुको समूह हो । यो भाईरस १७० भन्दा बढी प्रकारको हुन्छ । यो संसारभर पाइन्छ ।

यीमध्ये १४ प्रकारका एचपीभी भाईसरको संक्रमणले पाठेघरको मुखको क्यान्सर, योनी, लिंग, गुदद्धार र घाँटीको समेत क्यान्सर गराउन सक्दछ । एचपीभी १६ र एचपीभी १८ ले मात्रै ७१ प्रतिशत भन्दा बढी क्यान्सर गराउँछ । त्यसैले बालिकाहरुको सक्रिय यौन जीवन शुरु हुनु भन्दा अघि नै अर्थात ९ देखी १४ वर्ष उमेरको बीचमा एचपीभीको सङ्क्रमणबाट हुने क्यान्सरबाट जोगाउन एचपीभी विरुद्धको खोप दिनुपर्ने हुन्छ। 

शाहीका अनुसार विश्वका कतिपय मुलुकहरूले आफ्नो नियमित खोप सेवामा एचपीभी विरुद्धको खोपलाई समावेश गरिसकेका छन् । यो खोप सुरक्षित, प्रभावकारी र अर्थिक रूपले उपयुक्त छ भनि विश्व स्वास्थ्य संगठनले सिफारिस गरिसकेको छ । यसको नकारात्मक असर देखिएको छैन । यो खोपले एचपीभीको संक्रमणबाट हुने मुखको क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुर्‍याउँछ ।

उनले दीगोविकास लक्ष्य (एसडीजी) अनुसार सन् २०३० सम्ममा नसर्ने रोगहरूबाट हुने अकाल मृत्यु (प्रिम्याचर डेथ) लाई प्रवर्द्धनात्मक र उपचारात्मक सेवाको माध्यमबाट एक तिहाइमा झार्ने लक्ष्य लिइएको समेत जानकारी दिए । नन्द केम ड्रग डिस्ट्रीव्युटर्सले चिनियाँ कम्पनी इनोभ्याक्सले उत्पादन गरेको एचपीभी खोप सिकोलिन नेपालमा आयात गरिरहेको छ ।

सिकोलिन ब्राण्ड नेममा उत्पादित यो एचपीभी खोप डब्लुएचओले मान्यता प्रदान गरेको खोप हो । ९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई दुई मात्रा र १५ वर्ष माथिकालाई तीन मात्रा दिन सकिन्छ । नेपालमा अहिले यसको मूल्य प्रति डोज ६ हजार २४० रुपैयाँ तोकिएको छ । सिग्देलले कम्पनीले आयात गरिरहेको एचपीभीको बारेमा बताए ।

यसैगरी कार्यक्रममा बरिष्ठ स्त्री रोग विशेषज्ञ प्राडा भोला रिजालले बढ्दो क्रममा रहेको पाठेघरको मुखको क्यान्सरलाई नियन्त्रण गर्न सकिने भन्दै यसका लागि सबैभन्दा महत्वपूर्ण एचपीभी खोप रहेको बताए । उनले राज्य, निजी क्षेत्र, गैर सरकारी संस्था सबैपक्ष मिलेर भएपनि यो खोपलाई सबै किशोरीको पहुँचमा पुर्‍याउनु पर्ने बताए । उनले खोपको विषयमा आम अभिभावकलाई पनि जानकारी गराउनु पर्ने बताए ।

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  २ : ५३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना