भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी « Khabarhub

भुटानी शरणार्थी प्रकरणमा मेरो संलग्नता छैन : मुख्यमन्त्री चौधरी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

बुटवल – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो संलग्नता नभएको बताएका छन्। आफ्नो नाम विभिन्न सञ्चारमाध्यममा आएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनले बताए ।

नेपाल प्रेस युनियन दाङको साधारणसभा एवं आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले सो प्रकरणमा आफू कहीँ कतै पनि नजोडिएको स्पष्ट पारे । सञ्चार माध्यमलाई सत्यतथ्य बुझेर मात्रै समाचार प्रकाशन गर्न उनले आग्रह गरे । मिडियालाई बलियो बनाउनका लागि प्रदेश सरकारले पत्रकार र सञ्चार गृहका लागि विशेष योजना बनाएको उनको भनाइ थियो ।

पत्रकारको पेशागत सुरक्षा, क्षमता विकास तथा दूरदराजसम्म सूचनाको पहुँच पु¥याउनका लागि प्रदेश सरकारले भूमिका खेल्दै आएको मुख्यमन्त्री चौधरीले बताए । रेडियोको सबलिकरणका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले लोकतान्त्रिक आन्दोलनको जगबाट अहिलेको व्यवस्था स्थापनाका लागि नेपाली सञ्चारकर्मीले खेलेको भूमिकालाई राजनीतिक दलले विर्सन नहुने बताए । पछिल्ला दिनमा सार्वजनिक भइरहेका घटनाक्रमकै कारण लोकतन्त्र कमजोर हुन्छ की भन्नु गलत रहेको उनको भनाइ थियो । लोकतन्त्रको सम्वद्र्धन र संरक्षणका लागि नेपाली मिडिया सक्षम रहेको उल्लेख गर्दै अध्यक्ष पोखरेलले राजनीतिक दलले मिडियामैत्री वातावरण निर्माणका लागि आवश्यक ऐन कानुन निर्माणमा ध्यान दिनुपर्ने बताए।

“सामाजिक सञ्जालमा आउने विभिन्न खालका अफवाहले नागरिकमा भम्र सिर्जना गर्ने काम भइरहेकोप्रति नेपाल पत्रकार महासङ्घ गम्भीर रहेको छ”, उनले भने । नेपाली मिडियाको विश्वसनियता बढाउन अबको पत्रकारिता उत्तरदायी र जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो ।
सो अवसरमा प्रेस युनियन दाङ शाखाले स्थापना गरेको शिव गिरी स्मृति पत्रकारिता पुरस्कारबाट कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो । साथै महासङ्घको जिल्ला सदस्य हुँदै केन्द्रीय प्रतिनिधित्व गर्ने पत्रकार महासङ्घका अध्यक्ष पोखरेल र सामुदायिक रेडियो प्रसारक सङ्घका अध्यक्ष अर्जुन गिरीलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य प्रचण्डविक्रम न्यौपाने, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, महासचिव दिलीप पौडेल, केन्द्रीय सदस्य नारायणी रजौरे, युनियनका प्रदेश अध्यक्ष सुदीप गौतम, लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ८ : ४४ बजे

महासभामा नेपालले जलवायु परिवर्तनको मुद्दा सशक्त रूपमा राख्नुपर्छ : सांसद रेग्मी 

काठमाडौं– रास्वपा सांसद धनन्जय रेग्मीले राष्ट्रसंघको महासभामा नेपालले जलवायु परिवर्तनको

एआई विकास सुस्त बनाउनुपर्ने बहसबीच जुकरबर्गको प्रतिवाद

एजेन्सी– मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कृत्रिम बौद्धिकता

ग्रे जोनको रिपोर्टबारे रवि, ‘क्रेडिबिलिटी नभएको कुरा म पढ्दै पढ्दिनँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अमेरिकी अनलाइन ‘द

कृष्णभीरमा बिहीबार बिहानदेखि दुईतर्फी सडक सञ्चालन हुने

चितवन– कृष्णभीरमा नयाँ ‘ट्र्याक’ खोलेर बिहीबार बिहानदेखि दुईतर्फी सञ्चालन गरिने

सर्वसुलभ प्रसूति सेवा उपलब्ध गराउन राष्ट्रियसभा सदस्यहरूको माग

काठमाडौं- राष्ट्रियसभा सदस्यहरूले देशभर सर्वसुलभ र गुणस्तरीय प्रसूति सेवा उपलब्ध