साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द « Khabarhub

साहित्य क्षेत्रलाई अझै बृहत् बनाउनु आवश्यक छ : पूर्वप्रधानमन्त्री चन्द


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले साहित्य क्षेत्रलाई टेवा पुग्ने गरी योगदान बढाउनु आवश्यक रहेको बताएका छन्।

काठमाडौँमा ‘स्व चन्द्रबहादुर गुरुङ स्मृति तथा अध्ययन प्रतिष्ठान’ले आज आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहमा उहाँले साहित्य क्षेत्रको अवस्था सोचेजस्तो नरहेको बताएका हुन् ।

“साहित्य बचाउने र बढाउने दायित्व हामी सबैको हो । आम सञ्चारले पनि यसलाई प्रवद्र्धन हुने गरी स्थान दिनुपर्छ”, पूर्वप्रधानमन्त्री चन्दले भने, “बेलायतमा सरकारभन्दा पनि व्यवसायीले साहित्यलाई माथि उठाएका हुन् । तसर्थ म सङ्घसंस्था र व्यवसायीलाई पनि साहित्यमा योगदान दिन आग्रह गर्दछु ।”

कार्यक्रममा परोपकारी कार्यमा सहभागिता देखाएवापत मानव सेवा आश्रम र नई प्रकाशनलाई सम्मानसँगै नगद रु एक लाख प्रदान गरिएको थियो ।

आश्रमका अध्यक्ष रामजी अधिकारी र प्रकाशनका कोषाध्यक्ष डा कञ्चनजङ्गा प्रसाईँलाई सम्मान गर्दै पूर्वप्रधानमन्त्री चन्दले सामाजिक गतिविधिमा सक्रियता बढाउन आग्रह गरे । कार्यक्रममा उहाँले स्व गुरुङसँगको राजनीतिक यात्रा, सामिप्यता र सम्बन्धको विषयमा चर्चा गरे ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ३२ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज