नक्कली शरणार्थी प्रकरणको छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल | Khabarhub Khabarhub

नक्कली शरणार्थी प्रकरणको छानबिनमा संवेदनशील हुनुपर्छ : अध्यक्ष नेपाल


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा प्रहरीले गर्ने छानविनलाई सरकारले हस्तक्षेप गर्न खोजेमा आफ्नो पार्टीको सहयोग नरहने बताएका छन् ।

पार्टीको उपत्यका र सम्पर्क विशेष प्रदेश कमिटीले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सङ्गठित अपराधका रूपमा रहेको उक्त विषय राष्ट्रका विरुद्ध भएकाले सरकार संवेदनशील हुनुपर्ने बताए ।

सरकारले घटनालाई ढाकछोप गरी कमजोर बनाउन खोजेमा साथ दिनुपर्ने बाध्यता नरहेको प्रष्ट पार्दै उनले कानुन सबैलाई समान रहेकाले उच्च ओहोदामा रहेका व्यक्तिलाई उन्मुक्ति दिन नहुने बताए । कम्युनिष्ट सिद्धान्तमा आबद्ध नेता नै देशद्रोही काममा संलग्न हुनु दुःखदायी विषय भएको उनको भनाइ थियो ।

अध्यक्ष नेपालले माओवादी र कांग्रेसका कतिपय व्यवहारबाट आफू सन्तुष्ट नरहेकाले सचेत गराउनु पार्टीको कर्तव्य रहेको बताए । अहिले पनि नेकपा ब्युँत्याउने उद्देश्यले साना छरिएका कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ९ : ५३ बजे

भोलि १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

काठमाडौँ– नेपाल राष्ट्र बैंकले भोलि शुक्रबार रु १० अर्बको पाँच

काठमाडौँ महानगरका शिक्षक–कर्मचारीले गरे सडकमै हाजिर

काठमाडौँ– नेपाल शिक्षक महासङ्घले सञ्चालन गरेको सडक आन्दोलनमा सहभागी काठमाडौँ

बाग्मती प्रदेश स्वास्थ्य मन्त्रालयका कामको प्रशंसा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले बागमती प्रदेशको स्वास्थ्य

लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ : अर्थमन्त्री महत 

काठमाडौँ– साना निक्षेपकर्ता र कर्जादाताको सम्पत्ति र दायित्वको सुरक्षण गरी

तिलोत्तमा नगरमा आइतबार सार्वजनिक बिदा

बुटवल- थारु समुदायको महत्त्वपूर्ण पर्व ‘बड्की आइतबार’को अवसरमा रूपन्देहीको तिलोत्तमा