सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी « Khabarhub

सहिद भीमनारायण गोल्डकप : एपिएफविरुद्ध वीरगन्ज युनाइटेड विजयी


३० बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

धनकुटा – धनकुटामा जारी १५औँ सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगितामा वीरगन्ज युनाइटेड क्लबले साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई पराजित गरेको छ । वीरगन्जले एपिएफलाई टाइबेकरमा हराएको हो ।

निर्धारित खेल खेल २–२ गोलको बराबरीमा टुङ्गिएपछि वीरगन्जले टाइबेकरमा एपिएफलाई ४–१ गोलअन्तरले पराजित गरेको हो । जितसँगै वीरगन्ज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफको २३औँ मिनेटमा वीरगन्जका नीरज थापाले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको दोस्रो हाफमा वीरेन्द्रप्रसाद यादवले रेडकार्ड पाएपछि एपिएफ १० खेलाडीमा सिमित बनेको थियो ।

आक्रामक शैलीमा उत्रिएको एपिएफका तर्फबाट खेलको ६३औँ मिनेटमा सन्तोष कटवालले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याएका थिए । खेलको ८४औँ मिनेटमा प्रवीनकुमार स्याङदेनले थप एक गोल गर्दै एपिएफलाई २–१ गोलको अग्रता दिलाए । वीरगन्जका विवेक चौधरीले खेलको ८६औँ मिनेटमा गोल गरेपछि खेल बराबरीको अवस्थामा पुग्यो । टाइबेकरमा वीरगन्जका तर्फबाट श्याम चौधरी, सिसस थापा, उमेश कार्की र नीरज थापाले गोल गरेका थिए । यस्तै एपिएफका तर्फबाट एकमात्र गोल प्रवीनकुमार स्याङ्देनले गरे ।

प्रतियोगिताअन्तर्गत आइतबार पेमा युवा क्लब विराटनगर र प्लानिङ ब्वाइज क्लब काठमाडौँबीच समिफाइनल खेल हुनेछ । पेमाले आयोजक धनकुटालाई टाइबेकरमा हराउँदै तथा प्लानिङ ब्वाइजले भारत, सिलिगुडीको कञ्चनजङ्घा फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  १० : ०७ बजे

इशान र अर्शदीप चम्किँदा न्युजिल्यान्डविरुद्ध भारतको शानदार जित

काठमाडौं – इशान किशनको विस्फोटक शतक र अर्शदीप सिंहको पाँच

‘टाइगर कप भलिबल’को उपाधि गण्डकी प्रदेशलाई

कास्की – पोखरामा सञ्चालन भएको छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय

भोला रिजालको शब्दमा ‘अन्धकार पन्छाएर’ बोलको गीत सार्वजनिक

काठमाडौं – प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ डा. भोला रिजालको शब्द रचना

देश र जनताको हितमा काम गर्ने व्यक्तिलाई मात्रै संसद्मा पठाउनुपर्छः अध्यक्ष बिजुक्छेँ

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजक्छेँले संसद्मा

चलचित्र ‘जाँड’ले पायो पिजी सर्टिफिकेट

काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न