गर्भावस्था र यसको हेरचाह | Khabarhub Khabarhub

गर्भावस्था र यसको हेरचाह

धेरै पेट दुख्यो भने अनिवार्य जाँच गर्नुपर्छ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

गर्भावस्था महिलाका लागि संवेदनशील अवस्था मानिन्छ। यो अवस्थामा महिलामा धेरै परिवर्तन देखा पर्छन्। समय बित्दै जाँदा गर्भको आकार बढेर पेट ठूलो देखिने तथा अन्य अंग, मांसपेशी, आन्द्रा लगायतमा भार पर्ने गर्दछ। शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनु पूर्व आमाको पेटभित्र बस्ने अवधिलाई गर्भावस्था भनिन्छ। पछिल्लो समय गर्भावस्थाको बारेमा धेरै महिलाको चासो बढेको छ। बच्चा जन्माउने तयारीदेखि गर्भावस्थाको जोखिम र त्यसका लागि गर्नुपर्ने तयारीका विषयमा पनि दम्पत्तिमा चासो बढेको पाइन्छ। कतिपय महिलाको यो समयमा उचित ध्यान नपुग्दा पनि धेरै मृत्युको सिकार हुने गरेको पनि पाइन्छ। के गर्भावस्थाको बेला कस्ता समस्या देखा पर्छन् ? त्यसबाट बच्न अपनाउनुपर्ने उपाय के के हुन् ? यसै विषयमा आधारित रहेर खबरहबका लागि प्रजनन रोग विशेषज्ञ डा.विभूति शाहीसँग गरिएको कुराकानीको सम्पादित अंशः

गर्भावस्थालाई हामीले कसरी बुझ्ने ?
सामान्यतया गर्भावस्थामा तीन वटा समय हुन्छ। त्यसमा पहिलो सुरुको तीन महिना। त्यसपछि १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो समय मानिन्छ। २८ हप्तादेखि ४० हप्तालाई तेस्रो समय भनिन्छ। यो समयमा महिलाहरुले आफ्नो र गर्भमा भएको बच्चाको विशेष ख्याल गर्नुपर्छ।

गर्भावस्थामा के कस्ता समस्या देखा पर्छन् ?
गर्भावस्थामा अधिकांश महिलामा हुने समस्या भनेको वाकवाक लाग्ने, खान मन नलाग्ने, छिनछिनमा पिसाब लाग्ने र पिसाबमा इन्फेक्सन हुने हुन्छ। दोस्रो अवस्था गाउँतिरका महिलामा रगतको मात्रा कम हुँदा गर्भवती हुने बेला जुकाको औषधि नखानाले पनि धेरै समस्या हुन्छ। गर्भवतीको हर्मोनमा परिवर्तन भइरहने हुनाले रिसाउने, दिक्क लाग्ने, अति खुसी लाग्ने हुनसक्छ। असुरक्षाको महसुस पनि हुन्छ। पछि अन्तिममा कसैको प्रेसर हाई हुने सुगर हुने रगत बग्ने पनि हुन्छ। खानपानको राम्रो व्यवस्थापन नभएमा, काँचो चिज खाएमा वा कब्जियत भएमा पनि पेट दुख्ने समस्या देखापर्छ। यसका लागि पूर्ण पोसिलो तथा झोलिलो खानेकुरा खाने तथा प्रशस्त मात्रामा पानी पिउने गर्नुपर्दछ।

यस्तो समस्या कस्तो लापरबाहीले हुन्छ ?
गर्भावस्थामा पेट दुख्नु सामान्य मानिन्छ। तर अत्यधिक दुख्यो वा बारम्बार दुख्यो र लामो नै समय दुख्यो भने पेट दुखाइसँगै अन्य स्वास्थ्य समस्या भएको पनि हुनसक्छ। त्यसैले तुरुन्त चिकित्सकको सल्लाह लिएर आवश्यक उपचारमा लाग्नुपर्छ। गर्भावस्थामा वाकवाक हुने, खान मन नलाग्ने हर्मनको कारणले पनि हुन्छ। यो समयमा पौष्टिक आहारको कमी भएर रगतको मात्रा कम हुन्छ। गाउँघरमा या अरू ठाउँमा धेरै खानेकुरा नखाँदा पनि पौष्टिक आहार नपुगेर पनि एनिमिया हुन्छ। त्यसको लागि वर्षमा दुई पटक जुकाको औषधि समय मिलाएर खायो भने पछि गएर गर्भवतीमा एनिमियाको समस्या हुँदैन। त्यसैले नियमित रूपमा फोलिक एसिड र आइरन खाइयो भने त्यसले पछि गएर महिलामा एनिमिया हुने र महिनावारीमा धेरै रगत बग्ने समस्या हुन्छ। त्यसलाई यसले रोक्छ।

गर्भावस्थामा कस्तो लक्षण देखियो भने धेरै जोखिम हुन्छ ?
गर्भवती कसैको प्रेसर हाई भयो र सुगर छ भने त्यस्तोलाई हामीले सुरुदेखि नै राम्रोसँग उपचार गर्छौँ। २० हप्तापछि टाउको दुख्ने, खुट्टा सुनिने लगायतको समस्या भयो, आँखा धमिलो जस्तो भयो, माथिल्लो पेटमा पोल्ने जस्तो भयो भने तुरुन्त अस्पताल जानुपर्दछ।

गर्भावस्थामा कस्तो खाना खाँदा फाइदा हुन्छ ?
गर्भवतीले सकेसम्म बाहिरको खाना नखानु राम्रो हुन्छ। घरमै बनाएका ताजा खाना खाने ताजा तरकारीहरू फलफूल धेरै खाने गर्नुपर्छ। दैनिक रूपमा खाने खानेकुरामा धेरै प्रोटिन भएका गेडागुडीको रस खानुपर्छ। धेरै पानी खाने तीनदेखि चार लिटर पानी खाने गर्नुपर्छ। उमालेको पानी खानुपर्छ। जहापायो त्यहीको पानी खानु स्वास्थ्यका लागि राम्रो हुँदैन। घण्टामा १ गिलासको आधारले पानी खानुपर्छ। चार घण्टाको फरकमा खाना खानुपर्छ, चिनी, भात र आलु कम गर्नुपर्छ। मौसम अनुसारका फलफूल र तरकारी प्रशस्त मात्रामा खानुपर्छ। माछा, मासु, अण्डा, बदाम तथा गेडागुडी जस्ता प्रोटिनयुक्त खानेकुराको साथै दूध तथा दहीजस्ता क्याल्सियमयुक्त खानेकुरा पनि पर्याप्त खानुपर्छ।

कस्तो खाना खानु हुँदैन ?
काँचो मासु तथा काँचो अण्डा खानु हुँदैन। गर्भवतीले अल्कोहल, धूम्रपान र मद्यपान सेवन गर्नु हुँदैन। अमिलो पिरो धेरै खानु हुँदैन। बाहिर लामो समय प्याकेटमा राखेका खाने कुरा खानु हुँदैन।

आमा र बच्चामा कुनै समस्या नआओस् भनेर के-के गर्दा राम्रो हुन्छ ?
गर्भवतीले गर्भवती भएको सुरुको अवस्थाबाट नै डाक्टरकोमा गएर उचित सुझाव परामर्श सल्लाह लिनुपर्छ। सुरुबाट कसरी हेरचाह गर्ने, के कस्ता खाने कुरा कसरी कुन मात्रामा खाने भनेर सल्लाह लिनुपर्छ। यसले गर्भावस्थाको हेरचाहमा सजिलो हुन्छ। मिलाएर खाना खाइयो भने यो ९ महिनामा जम्मा ११ किलो तौल बढ्नुपर्दछ। सुरुको तीन महिनामा १ किलो बढ्छ। त्यसपछि पाँच किलो र त्यसपछि ५ किलो गरेर बढ्छ। त्यो भन्दा तीनदेखि चार किलो तलमाथि भएर फरक पर्दैन। डाक्टरले गर्भवतीको हाइट हेरेर त्यही अनुसारको तौल मिलाउने गर्छन्। महिला आफैले नियमित रूपमा फ्लोअप गर्नुपर्दछ। नियमित आइरन क्याल्सियम खाने, टीटीको खोप लगाउने भिडियो एक्स-रे गर्ने गर्नुपर्छ। यसरी समयमा नै उचित हेरचाह गर्यो भने आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो हुन्छ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ०३ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई