जापानी फौज र गनोइको त्यो पीडा | Khabarhub Khabarhub

जापानी फौज र गनोइको त्यो पीडा


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

रिना गनोइका जीवनमा दुई वटा मात्र लक्ष्य थिए। पहिलो लक्ष्य सेना हुने र दोस्रो लक्ष्य जुडो खेलाडीको रूपमा ओलम्पिकमा सहभागिता जनाउने। चार वर्षको उमेरमा आफ्नै दाजुबाट जुडो सिक्न सुरु गरेकी उनले ११ वर्षको उमेरमा सेनाले काम गरेको देखेको थिइन्। सेल्फ डिफेन्स फोर्स (एसडीएफ)को नामले परिचित सैन्य सङ्गठनले उनलाई ११ वर्षको उमेरमा नै विपत्तिको समयमा काम गर्ने अवसर प्रदान गरेको थियो।

सन् २०११ मा भूकम्प र सुनामी पीडितलाई सहयोग गर्न उनी जुटेकी थिइन्। हिगासु मात्सुसिमाकी स्थायी बासिन्दा उनी २३ वर्षकी भइन्। अहिले उनी मिया क्षेत्रमा डरलाग्दो प्रकोपको विरुद्धमा सङ्घर्ष गरिरहेकी छिन्। महिला सेनाले त्यहाँ उनको काममा सहयोग गरिरहेका छन्।

११ वर्षको उमेरमै उनले कहीँ अनुभव गरेकी थिइन्। महिला सैनिकले गरेको सहयोग मात्र होइन एकदमै तिर्खाएको समयमा पानी ल्याएर दिने गरेको र भोक लागेको सममयमा खाना दिने गरेको कुरा उनका मनमा ताजै छ। पानी चाहिएको समयमा नुहाउनका लागि तातो पानी समेत उनीहरूले उपलब्ध गराउने गरेका थिए। सोही समयमा उनले सोच्ने गरेकी थिइन्, ‘आहा कस्तो राम्रो काम।’

हिगासु मात्सुसिमाकी स्थायी बासिन्दा उनी २३ वर्षकी भइन्। अहिले उनी मिया क्षेत्रमा डरलाग्दो प्रकोपको विरुद्धमा सङ्घर्ष गरिरहेकी छिन्। महिला सेनाले त्यहाँ उनको काममा सहयोग गरिरहेका छन्।

उनको यो चाहना जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ)मा आबद्ध भएपछि पुरा भएको हो। तर, त्यसै चाहना पुरा त के भएको थियो, उनले जिन्दगीमा कहिल्यै बिर्सन नसकिने दुर्घटना भोगिन्। यसपछि नै उनले दुखद यौन हिंसाको घटनाको सामना गरेकी थिइन्। उनले तालिम पुरा गरी सकेर काममा आबद्ध हुँदा यस्ता धेरै समस्या भोगेकी थिइन्।

उनको संवेदनशील अङ्गमा छुने तथा गालामा चुम्बन गर्ने लगायतका काम हुने गरेका थिए। आफ्नै सहकर्मी तथा माथिल्लो तहका कर्मचारीबाट यस्तो हर्कत हुँदा उनी चुपचाप लागेर सहन बाध्य भएकी थिइन्। सहकर्मी साथीहरूले नै उनको शरीर छोएर अनेक कुरा गर्थे। वक्षस्थलको आकारको कुरा पनि गर्थे। शरीरका अङ्गहरूको बारेमा वर्णन गर्दै हिँड्ने। उनी चुपचाप केही पनि गर्न नसक्ने अवस्थामा थिइन्।

उनले सेवामा रहँदा नै डरलाग्दो यौन हिंसाको घटना सहनु परेको थियो। टेन्टमा मार्सल आर्ट अभ्यास गर्न भन्दै तीन पुरुषले बोलाएर उनी माथि जर्बजस्ती गरेका थिए। त्यो समयमा धेरैले त्यो दृश्य हेरिरहेका थिए। कसैले पनि त्यस विषयमा एक शब्द पनि बोलेनन्। उनी त्यस दुर्घटनाका बाबजुद केही गर्नुपर्छ भनेर बाँची रहेकी छिन्। तर, त्यो दिन कोही पनि सहारा नभएको सम्झना भलझली आउँछ। उनले यसका बारे रिपोर्ट तयार गरे पनि यसलाई डिसमिस गरिएको थियो।

उनको यो चाहना जापानको ग्राउन्ड सेल्फ डिफेन्स फोर्स (जीएसडीएफ)मा आबद्ध भएपछि पुरा भएको हो। तर, त्यसै चाहना पुरा त के भएको थियो, उनले जिन्दगीमा कहिल्यै बिर्सन नसकिने दुर्घटना भोगिन्। यसपछि नै उनले दुखद यौन हिंसाको घटनाको सामना गरेकी थिइन्।

२०२१ को अगस्टमा आएको उनको जिन्दगीको त्यो कालो रात उनी कहिल्यै पनि बिर्सन सक्दिनन्। कत्तिसम्म भने उनीमाथि त्यो अत्याचार भइरहँदा देख्नेहरू हाँसी रहेका थिए। उनले बारम्बार सोचिन् कि आफ्नो शरीर र आत्मा नै बलात्कृत भइसकेपछि कसरी बाच्ने ?
जीएसडीएफ पुलिसले ती तीन जनालाई सो घटनामा संलग्न भएको आशङ्कामा निलम्बन त गरेको थियो। प्रमाण नपुगेको भन्दै केही दिनमा नै त्यो फाइललाई बन्द गरिएको थियो। त्यसपछि उनी त्यो काम छाडेर घरमा गइन्। एकाङ्की पनमा हराएकी उनी घरमा नै गएर बस्न थालेकी हुन्। उनले जिन्दगीमा सबै रित्तिएको महसुस गरेकी थिइन्। यो विषय समाजमा उठाउने कुरा गर्दा उनको परिवार नै उनको विरुद्धमा थियो।

जापानी समाजमा पनि यस्तै हिंसा पीडितले आफ्नो वेदनालाई लुकाउने गरेका छन्। जसले यो कुरा बाहिर ल्याउँछन्, तीनलाई सही डङ्गको व्यवहार नै गरिँदैन। पछिल्लो सर्वेक्षण अनुसार जापानमा ७० प्रतिशत यौन हिंसाका घटना रिपोर्ट हुँदैनन्।

यो रिपोर्ट गर्ने कुरा सामान्य थिएन। गनोइ जापानको सैनिक प्रतिष्ठानसँग यस विषयमा कुरा राख्ने सोचाइमा पुगिन्। उनले आफूले भोगेको घटना युट्युबमा राखिन्। विरलै र दुर्लभ किसिमको यस घटनाले सञ्चार माध्यम र अन्य सामाजिक अगुवालाई तानेको थियो।

उनले सेवामा रहँदा नै डरलाग्दो यौन हिंसाको घटना सहनु परेको थियो। टेन्टमा मार्सल आर्ट अभ्यास गर्न भन्दै तीन पुरुषले बोलाएर उनी माथि जर्बजस्ती गरेका थिए। त्यो समयमा धेरैले त्यो दृश्य हेरिरहेका थिए। कसैले पनि त्यस विषयमा एक शब्द पनि बोलेनन्।

यसपछि आफूले पनि यौन दुर्व्यवहार सहेको सुनाउन उनी कहाँ थुप्रै आउन थाले। यसरी आउनेमा महिला मात्र थिएनन्। पुरुष पनि थिए। उनले एक हजार भन्दा बढीको हस्ताक्षर बटुलेर रक्षा मन्त्रालयलाई यसको कारबाही अगाडि बढाउन भनिन्। यस क्रममा पनि उनले विभिन्न किसिमको धम्कीको सामना गरिन्। उनले यो कुरा अघि बढाउँदै गर्दा मेलमा थुप्रै पटक ज्यान मार्ने धम्कीसमेत आएको थियो।

सन् २०१९ मा भएको एउटा घटनाको याद उनलाई आएको थियो। एक सञ्चारकर्मीले यौन हिंसाको विरुद्धमा केस गर्दा उनले जित हात पारेको थिइन्। २०१९ को अप्रिलको ११ देखि फूल प्रदर्शन गर्न पनि थालियो। यो प्रदर्शन यौनजन्य हिंसाको पीडितबाट सुरु भएको हो। यसपछि जापानमा यौन हिंसाको विरुद्धमा आवाज उठ्न थालेको थियो।

जापानमा कत्तिसम्म भने बाबुबाट छोरी बलात्कृत भएका घटनासमेत थामथुम पारिएका थिए। यसरी आक्रोशित हुनेहरू पुष्प प्रदर्शनीमा संलग्न हुने गरेका छन्। उनीहरूको मनमा यौन हिंसा भएपछि देखिने आक्रोश भरिएका हुन्थे। उनीहरू बाटोमा कराउँदै र चिच्याउँदै हिँड्थे। उनीहरूको आक्रोश त्यस समयमा प्रस्ट देख्न सकिन्थ्यो।

गत फेब्रुअरीमा जापानमा नयाँ विधेयक पास भएको छ। यस विधेयकले १३ देखि १६ वर्षको उमेरकाहरुलाई यौन दुर्व्यवहार अझ कडा कारबाही हुनेछ। तर यो कानुन अझै अपूर्ण रहेको महिला अधिकारकर्मीको ठहर छ।

जापानमा कत्तिसम्म भने बाबुबाट छोरी बलात्कृत भएका घटनासमेत थामथुम पारिएका थिए। यसरी आक्रोशित हुनेहरू पुष्प प्रदर्शनीमा संलग्न हुने गरेका छन्। उनीहरूको मनमा यौन हिंसा भएपछि देखिने आक्रोश भरिएका हुन्थे।

रिनो गनाइको मुद्दा भने अर्को चरणमा प्रवेश गरेको छ। सैनिक मुख्यालयले आन्तरिक कारबाही अघि बढाएको छ। यसअघि १०० भन्दा बढी यस्ता केस डिसमिस गरेको सेनाले रिनाको केसमा भने पाँच जनालाई अवकाश दिइएको छ। एक जनालाई ६ महिनाका लागि निलम्बन गरेको छ।

गनोइलाई २०११ मा सेनाले गरेको सहयोगलाई आधार मान्दै उनीहरूलाई आदर्श मान्नु जीवनको सबै भन्दा ठुलो भुल भएको ठहर भएको छ। यसै गल्तीका कारण उनी बाचुन्जेल पछुताउने छिन्। एसडीएफ प्रतिको त्यो मोह नै उनको आँसुको कारण बनेको छ।
स्रोत : बीबीसी

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ८ : ०६ बजे

वेस्ट ह्याममाथि चेल्सीको शानदार जित

काठमाडौं– चेल्सीले इङ्लिश प्रिमियर लिग अन्तर्गत वेस्ट ह्याम युनाइटेडलाई पराजित

महिलाले रथ ताने, इन्द्रजात्रा समापन (तस्बिरहरू)

काठमाडौं – बसन्तपुर क्षेत्रका स्थानीय महिलाहरूले कुमारी, गणेश र भैरवको

पाकिस्तानको रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै

एजेन्सी– रावलपिण्डीमा डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । बिशेषगरी पोटोहार

संविधान संशोधन हुन आवश्यक : महामन्त्री शर्मा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ को निर्वाचनपछि

संशोधनअघि संविधानको पूरै समीक्षा हुनुपर्छ

संविधानले हामीलाई शासनसत्ता कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा एउटा प्रारूप