प्रचण्डले धर्मको राजनीति गरेको देखियो « Khabarhub

प्रचण्डले धर्मको राजनीति गरेको देखियो

आफ्नो भूमिको विषयमा सबैले आवाज उठाउनुपर्छ


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा मध्य प्रदेशको महाकालेश्वरमा गेरुवस्त्र धारण गरेर पूजा अर्चनामा सहभागी भइसकेपछि यसप्रति विभिन्न कोणबाट टिप्पणी भएको थियो। केही दिन अघि पशुपति नाथको दर्शन गरे। कतिपय सन्दर्भमा प्रधानमन्त्री भइसकेपछि सबै धर्ममा आस्था राख्ने सन्दर्भमा उहाँको सहभागितालाई लिएर किन यति धेरै प्रश्नहरू उठाइयो ? फेरि प्रश्न उठ्छ यसभन्दा अगाडि किन यस्ता गतिविधि भएनन् ? अर्कोतर्फ काठमडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिसके पछाडि यसको विषयमा धेरै धारणा सार्वजनिक भइसकेका छन्। भारतले अखण्ड भारतको नक्सा राख्नु हुने, हामीले चाहिँ किन नहुने ? बालेन्द्र साहले जुन हिम्मत देखाए अरू नेताहरूले किन देखाउन सकेनन् ? यी र यस्तै विषयमा आधारित रहेर वरिष्ठ अधिवक्ता एवम् विश्लेषक विष्णु भट्टराईसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो समयको धर्म र मन्दिरको उपस्थितिलाई कुन रूपमा लिनुहुन्छ ?
यो संविधानको अवसानको मार्गका रूपमा मैले लिन्छु। संविधान निर्माण हुँदा नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो भने ९४ प्रतिशत ओमकार परिवार बस्ने देशमा धर्म निरपेक्ष भनियो। प्रधानमन्त्रीका पछिल्ला गतिविधिले संविधान नेपालको राष्ट्र, राष्ट्रियता, संस्कृति सभ्यता र नेपाली जनताको अभिमत लिएर बनाएको थियो कि कसैको शक्ति र बलको आधारमा बनाइएको थियो ? भन्ने गम्भीर प्रश्न उठेको छ। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले औपचारिक रूपमा भारतका हिन्दुवादी पार्टीले नेपालका राजनीतिक दललाई हिन्दु राष्ट्र बनाउन सम्पत्तिको प्रयोग गरेका छन् भनेर लेखेका छन्। अहिले नेपालमा क्रिश्चियनलाई कानुन लगाएर प्रचार प्रसारमा बन्द गरिएको छ। फेरि अहिले नेपालका प्रधानमन्त्रीको बारेमा हेर्दा नेपाल र नेपाली जनताको आवश्यकताको आधारमा धर्म निरपेक्ष संविधान त बनाएको हैन रहेछ भन्ने देखिन्छ।

कम्युनिस्टहरु धर्म निरपेक्ष भनेर देशका धार्मिक अनुष्ठानहरू भत्काएर जे परिवर्तन गर्ने भनेर आए पनि आज तिनै कम्युनिस्टहरू नै पार्लियामेन्टमा भगवानको नाममा द्वन्द्व गरेको देख्दा पशुपतिनाथले आशीर्वाद दिनुहोला कि श्राप ? यो गम्भीर प्रश्न छ।

अहिलेको गतिविधि संविधानको अन्त्यको मार्गतर्फ प्रेरित कसरी भयो ?
धर्म भनेको विचार होइन संस्कार हो। यो संस्कारमाथि प्रहार हुनु हुँदैन। त्यसैले त्यो भन्ने आधार प्रष्ट देखिएको छ। अर्को कुरा ग्रेटर नेपालको कुरा गर्ने हो भने अहिलेको राष्ट्रिय गीत ‘सयौँ थुँगा फूलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली’ यो अराष्ट्रिय गान हो। सार्वभौम भइ खुम्चिएका मेची महाकाली भएको छ।

ग्रेटर नेपाल पहिलादेखि नै चर्चा भएको थियो। तर अहिले भारतले अखण्ड भारत भनेर नक्सा राखेपछि मात्र किन चर्चा भयो ?
भारतलाई यसो गर्ने हौसला र हिम्मत कसरी आयो होला ? आज नेपालमा नागरिकताको विधेयकलाई राष्ट्रपतिद्वारा वैधानिकता गराएर त्यसको दुई घण्टापछि प्रधानमन्त्री किन दिल्ली उड्नु भयो ? तर आफ्नो भूभागलाई समेटेर भारतले नक्सा राख्दा प्रधानमन्त्री दिल्लीमा किन बोल्नु भएन ? लुम्बिनीलाई संसद् भित्र अखण्ड भारतको नक्सामा राखेको हेर्न पुगेर मात्र समस्या समाधान भएन होला ? तपाईंको प्रश्नको भन्दा पहिला मेरा प्रश्नको जवाफ सम्बन्धित व्यक्तिले दिनुपर्छ।

यो सांस्कृतिक नक्सा हो रे नि त ?
कसैको देशको भूभागलाई समेटेर संस्कृति भन्न मिल्दैन। संसारमा १ सय २० करोड हिन्दु छन्। पाकिस्तानमा पनि हिन्दु बस्छन्। पाकिस्तानको नक्सामा हिन्दु बस्छन् भनेर नेपालको भाग राख्न मिल्दैन। हिजो कपिलवस्तु, लुम्बिनीमा गौतम बुद्धको सालिक फुटाउँदा केही भएन। २०२० मा सी चिन फिङ नेपाल आउँदा देश धर्म निरपेक्ष भनेर लेख्नुभयो। त्यसैले यो प्रणाली नेपाली जनताको संस्कृति सभ्यता भूगोल, इतिहास, मान्यतासँग सम्बद्ध छ।

प्रधानमन्त्रीको भारत भ्रमणमा गेरुवस्त्र अनिवार्य रहेछ, सहभागी नभएको भए त्यहाँका हिन्दु धर्मावलम्बीको धर्म प्रतिको आस्था राख्नेको भावनामा ठेस लाग्न सक्थ्यो भन्ने भनाइ छ। यसलाई माओवादी चरित्रको परिवर्तन आफै विकाश भएको भन्न मिल्दैन ?
यो भारत भ्रमण गेरुवस्त्रसँग सम्बन्धित थिएन। त्यो हाम्रो देशको राष्ट्रियतासँग सम्बद्ध छैन भने किन गर्ने। सम्बद्ध छ भने तपाईं कुन बेसबाट आउनुभयो। त्यसैले तपाईंले संसारका १२० करोड हिन्दुहरूको भावनालाई ब्रेक गर्दिन भनेको कुरा के भयो।

माओवादी केन्द्र हिन्दुत्वको भावनामा अगाडि बढ्यो, पछाडि फर्किन सक्दैन ?
हिन्दु धर्मका अभियान्ताले प्रचण्डलाई धर्म निरपेक्षताको सवाल पुर्न विचार गरौँ भनेर ज्ञापनपत्र बुझाएका छन्। विचार जनमतद्वारा परिवर्तन हुँदैन। राष्ट्र सञ्चालन गर्नको लागि राष्ट्रको अखण्डता स्वाधीनतालाई निर्वाह गर्नका लागि देश, जनताको विचार, अभिव्यक्ति धर्म स्वतन्त्रता लगायत चाहियो।

अब देश हिन्दु राष्ट्र हुँदै जाने हो ?
हामीले संविधान सभादेखि अहिलेसम्म आउँदा नेपाली जनताको सभ्यता संस्कृति, इतिहास, भूगोल, मूल्य मान्यतालाई सम्बोधन गरेर संविधान बनाएछौँ वा कुनै उत्तेजनाका आधारमा यो काम गरेको भन्ने थाहा हुँदैछ।

प्रचण्डले अहिले गल्ती गरेँ भन्ने छुट पाउँछन् त ?
नजानेको कुरा गल्ती हुन्छ। तर जानेको कुरा अपराध हुन्छ। यो जानीजानी गरेको हो। यसमा प्रचण्डले सजाय पाउनुपर्छ।

काठमाडौं महानगर प्रमुख बालेन्द्र साहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्नु ठिक हो ?
हामीले हाम्रो राष्ट्रिय स्वाभिमान, वीर पूर्वजले आर्जन गरेको राष्ट्रप्रति गौरव गर्नु स्वभाविक हो। विभिन्न सन्धि सम्झौताले नेपालको भागलाई देखाएका छन्। आफ्नो भूमिको विषयमा गर्वका साथ धारणा राख्नु राम्रो कुरा हो। बालेन्द्र साह मात्र होइन ग्रेटर नेपालको विषयमा सबैले बोल्नुपर्छ। संसदमा पुगेका सबैमा यो कुरा प्रवेश हुनुपर्छ। हाम्रो देशको भूभाग लुम्बिनी भारतले आफ्नो नक्सामा राख्दा हामीले आवाज उठाउनैपर्छ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ९ : ५९ बजे

ओमान तटमा भारतीय जहाजमा आक्रमण, भारतद्वारा निन्दा, चालक दल सुरक्षित

नयाँ दिल्ली- भारतको व्यावसायिक जहाजमा ओमानको तटमा बिहीबार भएको आक्रमणको

सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच सम्झौता

काठमाडौं -सामाजिक सुरक्षा कोष र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच

शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौं- शहीद दशरथ चन्द स्वास्थ्य विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार छनोटका

मुद्दती निक्षेपतर्फ वाणिज्य बैंकहरूको औसत ब्याजदर थप घट्यो

काठमाडौं– जेठ महिनाका लागि वाणिज्य बैंकहरूमा मुद्दती निक्षेपतर्फको औसत ब्याजदरमा

ब्रिक्स बैठकमा इरान युद्ध र तेल सङ्कटको छायाँ

नयाँ दिल्ली- इरान युद्धका कारण चर्किएको ऊर्जा सङ्कट, अस्थिर तेल