पाकिस्तान ए सँग नेपाल पराजित « Khabarhub

पाकिस्तान ए सँग नेपाल पराजित


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाल पाकिस्तान ए सँग पराजित भएको छ । हङकङको मङकङमा आज भएको खेलमा नेपाललाई ९ रनले हराउँदै पाकिस्तान विजयी भयो । 

पाकिस्तानले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा ७८ रनमा समेटियो । 

नेपालकी कविता कुँवरले सर्वाधिक २० रन बनाईन् । यस्तै, कविता जोशीले १५ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पाकिस्तानका सईदा शाह र तुवा हसनले समान २–२ तथा अनुशा नासिर र उम्मि हानीले १–१ विकेट लिए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर २ बलमा अलआउट हुँदै ८७ रन बनाएको थियो । नेपालका ईन्दु बर्माले ३ तथा कविता जोशी, कविता कुवँर र सीता रानामगरले २–२ विकेट लिए ।

यो जितसँगै पाकिस्तानसमूह ए को शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको नेपाल दोस्रो स्थानमा छ । 

नेपालले दोस्रो खेल १५ जुनमा भारतसँग र १७ जुनमा घरेलु टोली हङकङसँग खेल्नेछ ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ११ : ३९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५