सेयर बजारमा ३४.१७ अंकको वृद्धि « Khabarhub

सेयर बजारमा ३४.१७ अंकको वृद्धि


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेयर बजार मंगलबार ३४.१७ अंकले बढेको छ । मंगलबार नेप्से सूचक ३४.१७ अंकले बढेर २०२०.६४ विन्दुमा आएको छ ।

४ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो कारोबार रकम करिब ६ महिनायताकै उच्च हो । 

 वित्तीय प्रणालीमा तरलता बढ्दै जाँदा सेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । बैंकमा निक्षेप थुप्रिँदै जाँदा सीडी रेसियो तल झरिरहेको छ । खासै कर्जा प्रवाह हुन सकेको छैन । जसका कारण अहिले सीडी रेसियो ८४.३३ प्रतिशतमै आएको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याजदर पनि ६.३१ विन्दुमा छ । 

 यस दिन २७० कम्पनीको १ करोड ८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २७ करोड ६६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा आएको छ ।

यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन डिस्टिलरी र आईजीआई प्रेसिडेन्सियल इन्सुरेन्स परेका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ३ : ३० बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने