अन्तर्राष्ट्रिय नियोगमा एनसेलविरुद्ध नेपालको पक्षमा खटिने सबैलाई सरकारले दियो धन्यवाद | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय नियोगमा एनसेलविरुद्ध नेपालको पक्षमा खटिने सबैलाई सरकारले दियो धन्यवाद


३० जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले एनसेलका सन्दर्भमा अन्तर्राष्ट्रिय नियोगमा दायर मुद्दामा नेपालको पक्षमा खटिने सबैलाई धन्यवाद दिने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले एनसेलका सन्दर्भमा दायर भएको मुद्दामा नेपालको पक्षमा आएको फैसलाले अर्बौँ रुपैयाँ घाटा लाग्नबाट जोगिएको भन्दै यसका लागि खटिने वकिललगायत सवैलाई धन्यवाद दिने निर्णय गरिएको कानूनमन्त्री धनराज गुरुङले बताए ।

उनले उक्त मुद्दामा नेपाल पक्ष हारेको भए ६०–६५ अर्ब रुपैयाँ नोक्सान भएपनि अब केही शुल्कमात्रै तिर्दापनि एक अर्बमात्रै खर्च हुने अवस्था आएको उल्लेख गरे ।

नेपाल सरकारको निर्णय र सर्वोच्च अदालतको आदेशमा चित्त नबुझेर एनसेलको मूल कम्पनी आजियटा ग्रुपले अन्तर्राष्ट्रिय लगानीसम्बन्धी विवाद समाधान गर्ने निकाय इन्टरनेसनल सेन्टर फर दि सेटलमेन्ट अफ इन्भेस्टमेन्ट डिस्प्युट (आईसीएसआईडी) मा मुद्दा दायर गरेको थियो ।

तर, उक्त संस्थाले मुद्दा खारेज गरेसँगै उक्त मुद्धामा एनसेलको हार नेपाल सरकारले जित हासिल गरेको हो । त्यस्तै, बजेटका विषयमा भने अर्को दिन छुट्टै बैठक बसेर थप छलफल गर्ने निर्णय भएको कानूनमन्त्री गुरुङले जानकारी दिए ।

यसअघि मंगलबार नै बालुवाटारमा बसेको गठबन्धनका नेतहरुको बैठकमा बजेटमा पुनर्विचार गर्ने सहमति भएको थियो । बजेटका बिषयमा नेकपा एकीकृत समाजवादीलगायतका केही दलले आपत्ति जनाउँदै आएका छन् ।

प्रकाशित मिति : ३० जेठ २०८०, मंगलबार  ७ : ०८ बजे

अम्रिसो खेतीबाट आम्दानी गर्दै कञ्चनपुरको चुरेफेदको सामुदायिक वन

कञ्चनपुर– कृष्णपुर नगरपालिका–१ दोमिल्लास्थित ऐश्वर्या सामुदायिक वन उपभोक्ता समूहले अम्रिसोखेतीलाई

मनाङमा ३७ हजार विदेशी पर्यटक भित्रिए

मनाङ– हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ

भरतपुर आँखा अस्पतालमा तीन लाख बढीले सेवा लिए 

चितवन– भरतपुर आँखा अस्पतालमा गत आर्थिक वर्ष २०८१/८२ मा तीन

लुम्बिनी प्रदेश : गत आवमा सवारी दुर्घटनामा ५०६ जनाको ज्यान गयो

लुम्बिनी– लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षमा सवारी दुर्घटनामा परी ५०६

सप्तकोशी नदीमा ११ वर्षीय बालक बेपत्ता

इनरुवा– सुनसरीको बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित सप्तकोशी नदीमा आज एक जना