भ्रष्टाचारविरुद्ध गृहमन्त्रीको अडान र काम राम्रो छ « Khabarhub

भ्रष्टाचारविरुद्ध गृहमन्त्रीको अडान र काम राम्रो छ

अबको राजनीति देशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्छ


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

नेपालको राजनीतिमा नेताले बोल्ने कुरा ठेगानमा रहँदैन भन्ने उदाहरण प्रशस्त आइरहेका छन्। अहिलेको समयमा दलले आफ्नो बोलीलाई किन काबुमा राख्न सक्दैनन् ? बेलेका कुरामा लगाम लगान आफूलाई समाहित गर्न सकेका छैनन्। देशको राजनीति सङ्लो भयो भने मात्र समग्र आर्थिक र सामाजिक अवस्था सङ्लो हुन्छ। अहिलेको समयमा जसरी पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अगाडि बढिरहेको छ ।  यसमा केही केही समस्याहरू देखा परिरहेका छन्। यही समयमा प्रधानमन्त्री प्रचण्डलाई पत्नी शोक परेको छ । बुधबार ६९ पर्षीया सीता दाहालको निधन भएको छ । यसले केही दिन राजनीतिक चहलपहल कम हुने देखिन्छ । भ्रष्टाचारका फाइलहरू खोल्दा र केही नेता र सरकारी ओहोदामा बसेका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउँदा सरकारको वाहवाही भइरहेको छ। तर यो सरकार अब धेरै आयु नहोला जस्तो आशय आइरहेको छ। एक हप्ता अगाडि पाँच वर्ष नै टिक्छ भन्ने प्रचण्डको अभिव्यक्ति एक हप्ता पछाडि किन बोली मसिनो हुन गयो ? यसै विषयमा आधारित रहेर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालसँग नयन सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समय प्रधानमन्त्री हुन्छु जस्तो मलाई लाग्दैन भन्नुको तात्पर्य के होला ?
स्वाभाविक रूपमा अहिलेको प्रतिनिधि सभा विघटन नभएसम्म र यसको आयु नसकिएसम्म कुनै न कुनै प्रधानमन्त्री निश्चित हुनुहुन्छ। वर्तमान प्रधानमन्त्रीले वा अरूले नेतृत्व गरेको सरकार, सरकार त चल्छ। गठबन्धन भएसम्म सरकार चल्छ, त्यो भन्दा बढी जाँदैन। यस्तो अवस्थामा उहाँहरूका भित्र कस्तो समस्या होलान्, यसलाई परिवर्तन गर्ने कामहरू नेताबाट भइरहन्छ। तीन जना नेता बसेर के छलफल भयो भन्ने कुरा हामीले अनुमान मात्र गर्ने हो।

सरकारले खोलेका भ्रष्टाचारका फाइलमा मुछिएका काण्डले गर्दा सरकारको आयु निर्भर रहन्छ भन्ने कुरा पनि सुनिन्छ। एउटाले अर्कोलाई पोल्दा अर्को चुप बस्दैन। सरकारका नेतृत्वकर्ता त प्रमुख तीन दल नै हुन्। यसले गर्दा यो सरकार अगाडि बढ्न समस्या आउँछ कि आउँदैन ?
यस्तो खालको प्रश्नको सामना गर्नुपर्ने चार दल छन्। एमाले, माओवादी, कांग्रेस र रास्वपाका सभापतिको पनि कुरा आइरहेको छ। प्रधानमन्त्री प्रचण्डले रविको पासपोर्टको विवाद रोकिदनुभयो। माओवादीको कुरामा पनि उहाँहरूको उत्पत्ति भनेको शक्ति, सत्ता र पैसा हो। एमाले र कांग्रेसको पनि संलग्न छन्।

अहिलेको अवस्थामा गृहमन्त्रीले कठोरतापूर्वक आफ्नो अडान नराख्ने हो भने यो यसैउसै जान्छ। प्रधानमन्त्रीले भनेर मात्र हुँदैन गृहमन्त्रीले आफ्ना मान्छेलाई नडराई काम गर्नु भन्नुभएको छ। यो अहिलेका भ्रष्टाचारका काण्डमा एमाले र कांग्रेसका धेरै नेताको संलग्नता देखिएको छ। त्यस कारण अहिलेको सरकारसँग समदुरीका साथ सम्बन्ध स्थापित गर्ने बाध्यता एमाले, कांग्रेस र रास्वपामा देखिन्छ।

भ्रष्टाचारका फाइल खोल्नुमा नारायणकाजी श्रेष्ठको कदमले प्रधानमन्त्रीलाई कत्तिको सहज भइरहेको छ ?
नारायणकाजी श्रेष्ठमा एउटा अडान गजबको छ। उनलाई तिमी यस्तो भनेर आरोप लगाउने ठाउँ पनि छैन। प्रधानमन्त्रीलाई अप्ठ्यारो परेको हुनसक्छ। किनभने भोलिका दिनमा हामीले पनि देखाउला भनेका छन्। भोलि कुनै फाइल खोल्दा उहाँलाई अप्ठ्यारो पर्छ। तर ती कुनै पनि घटनामा नारायणकाजी सामेल छैनन्।

नारायणकाजी श्रेष्ठले काम गरिरहनु भएको छ। उहाँलाई पन्छाउने र ज्यादा दबाब पर्याे भने प्रधानमन्त्रीले बाटो खोलेर कांग्रेस र एमालेलाई पनि दिन सक्नुहुन्छ। उहाँले नारायणकाजी श्रेष्ठलाई हटाउन नसक्ने अवस्था सिर्जना भयो भने त्यसले दुर्नाम हुन्छ। उहाँले आफैले छोड्न सक्नुहुन्छ। यसो गर्दा उहाँलाई फाइदा छ। हामीले गर्न खोजेका थियौँ तर गर्न दिएनन् भन्ने म्यासेज बाहिर जान्छ।

अर्को दलबाट प्रधानमन्त्री प्रचण्डलाई गृहमन्त्री हटाउन दबाब आउनसक्छ ?
मेरो अनुमानमा आउनसक्छ। किनभने एमालेले त भनिरहेको छ सरकारविरुद्ध नै बोलेको छ। गृहमन्त्रीलाई पन्छाउनु पर्ने र यो सबै रोक्नु पर्ने स्थिति आयो भने प्रचण्डले बाटो छोड्ने सम्भावना हुन्छ। त्रिपक्षीय छलफलमा वार्ताले जुन निचोड निकाल्छ त्यसको आधारमा नेतृत्व कसले लिने भन्ने थाहा हुन्छ।

प्रधानमन्त्रीले प्रितम सिहंका विषयको कुरामा नेकपा एमालेले राजीनामा नै माग्ने स्थिति कसरी बन्यो ?
देशको प्रधानमन्त्रीले के बोल्नुभयो भन्ने हो कि बोलीको पछाडिको भयानक कुरामा लाग्ने ? यो विरोधले नेपालको राजनीतिमा प्रधानमन्त्री कसले बनाउँछ भन्ने आशयको प्रश्न अन्त्य भयो त ? उहाँहरू शब्दमा मात्र सन्तुष्ट हुनुहुन्छ भन्ने कुरा जनाउँछ। अहिले प्रचण्डले उठाएको कुरा सही हो। नेपालमा प्रधानमन्त्री बन्ने कुरा हुने बित्तिकै इन्डिया, चाइना, अमेरिका र बेलायत पनि सक्रिय हुन्छन्। हिमाली भेगमा काला जुका जस्तै राजदूतावास र कार्यरत सबै सक्रिय हुन्छन्। मुलुकलाई अगाडि बढाउने हो भने नेताहरूले यो सत्यलाई स्वीकार गर्दै आफू भोलि कसरी बलियो हुने र यो देशलाई साँच्चै नै आत्मनिर्भर बनाउने भनेर सोच्नुपर्छ।

भ्रष्टाचार फाइल कै कारण कि गृहमन्त्री फेरिन्छन् कि प्रचण्डले नै नेतृत्व सुम्पिन्छन् त ?
प्रधानमन्त्रीले अहिलेको बेलामा गृहमन्त्री हटाउन सक्दैनन्। उनीहरुबीचमा सहमति भएको छ भने त्यो कुरा नेपाली जनतालाई बताउनुपर्छ। अहिले भ्रष्टाचारविरुद्ध गृहमन्त्री श्रेष्ठको काम र अडान राम्रो छ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ११ : ०० बजे

स्वयम्भू संरक्षणका लागि पाँच करोड ४० लाख बजेट स्वीकृत

काठमाडौँ – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूको संरक्षण तथा व्यवस्थापनका लागि

आजका समाचार : एनपीएल जारी, चिकित्सा शिक्षा क्षेत्रको सहमति कार्यान्वयन हुने, चक्रपात आँधीको चेतावनी र खाडी मुलुक फेरि जोखिममा 

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश