राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री  « Khabarhub

राजदूत नियुक्ति प्रक्रिया छिट्टै टुंगिन्छ : परराष्ट्रमन्त्री 


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले राजदूत नियुक्ति प्रक्रिया चाँडै छिट्टै टुंगिने बताएका छन् ।

राष्ट्रिय सभामा विनियोजित विधेयक २०८० माथिको छलफलमा परराष्‍ट्र मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले राजदूत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेकाले चाँडै टुंगिने बताएका हुन् ।

मन्त्री साउदका अनुसार हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेत गरी ७ स्थानमा राजदूत रिक्त रहेका छन् ।

राजदूतहरूको नियुक्तिमा कम्तीमा पनि ५० प्रतिशत राजदूत परराष्ट्र सेवाबाट र बाँकी बाहिरबाट नियुक्त गर्ने नेपाल सरकारको नीति रहेको उनको भनाइ छ । 

विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरूले उच्च प्राथमिकता राखेको बताउँदै उनले नियोगहरूलाई साधन, स्रोत सम्पन्न बनाउँदै लैजाने पनि बताए ।

मन्त्री साउदले नेपाल चीनवीच सन् २०१७ मा सम्झौता भएको बीआरआई कार्यान्वयन योजनामा छलफल जारी रहेको बताए ।

उनले केरुङ-काठमाडौ रेलमार्गको सम्भाव्य अध्ययन र दुई देशबीच विद्युत प्रसारण लाइनको समेत सम्भाव्यता अध्ययन भरहेको जानकारी दिए।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  १२ : १९ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

मेसीको गोलका बाबजुद १० खेलाडीमा सीमित इन्टर मायमी कोलम्बससँग पराजित

काठमाडौँ : लिओनेल मेसीले गोल गरे पनि मेजर लिग सकर

हालान्डको कीर्तिमानी गोलका बाबजुद नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित

काठमाडौँ : एर्लिङ हालान्डले आफ्नो ६५औँ अन्तर्राष्ट्रिय गोल गरे पनि

कालीगण्डकीको कटानले फाइबर पोल बगाएपछि म्याग्दी, बागलुङ र मुस्ताङमा सञ्चार सेवा ठप्प

म्याग्दी : सहश्रधारामा कालीगण्डकी नदीको कटानले फाइबर पोल बगाएपछि धवलागिरिका

पहिरोले देशभरका सडक ठप्प : उपत्यका जोड्ने सात राजमार्ग अवरुद्ध

काठमाडौँ – अविरल वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको पृथ्वी