नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ « Khabarhub

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ


२८ असार २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


759
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ असनका केशव तुलाधर रहेको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनकाअनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ ।

तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १९ पुगेको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहीबार  २ : २८ बजे

प्रधानमन्त्री कार्कीले पहिलो पटक राष्ट्रिय सभालाई सम्बोधन गर्दै (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय सभाको बैठक सुरु भएको छ । सोमबार प्रधानमन्त्री

राष्ट्रपति पौडेल र जापानका विदेश राज्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव हाम्रो

राष्ट्रियसभाको बैठकमा दुई प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा दुई वटा प्रतिवेदन पेस भएको छ

पदच्युत र टिकट नपाएका कांग्रेस नेता जिल्ला फर्कन आनाकानी 

काठमाडौं– देश फागुन २१ हुने प्रतिनिधिसभा निर्वाचनमय भइसकेको छ ।

तनहुँबाट ६७ निर्वाचन प्रहरी स्याङ्जा पठाइयो

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यहाँबाट