युद्ध रोक्न मागसहित रुसी राजदूतावासअगाडि प्रदर्शन « Khabarhub

युद्ध रोक्न मागसहित रुसी राजदूतावासअगाडि प्रदर्शन


२८ असार २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मानव अधिकार तथा शान्ति समाजले युक्रेनमा तत्काल युद्ध रोक्न आग्रह गर्दै काठमाडौँस्थित रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको छ ।

रुस–युक्रेन युद्धको ५०५ औँ दिन पुग्दा पनि युद्ध नरोकिएको भन्दै समाजले युद्ध रोक्न आग्रह गर्दै रुसी राजदूतावासअगाडि प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले रुस : तत्काल युद्ध अन्त्य गर, युद्धको ५०५ दिन : मानवता पराजित, रुसी आक्रमण बन्द गर, युद्धको ५०५ दिन : इतिहास लज्जित, रुसी आक्रमणका कारण हजारौ नागरिकको मृत्यु, मानवता पराजित हुँदैछ लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रदर्शनपश्चात रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई शान्ति समाजका तर्फबाट लेखिएको ज्ञापनपत्र नेपालस्थित रुसी राजदूतावास अधिकारीमार्फत हस्तान्तरण गरिएको थियो ।

शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले युद्धका कारण मानवता पराजित भइरहेको दुखद अनुभव भएको र यसले समग्र विश्वमा नै असर परेकाले ध्यानाकर्षण गरिएको बताए ।

रुसलाई युद्ध रोक्न आग्रहसहित समाजले विगतमा पनि रुसी राजदूतावासअगाडि पटक पटक र देशभरी धेरै पटक प्रदर्शन गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ३ : २८ बजे

ब्राजिलको निर्वाचनलाई ट्रम्पले भने- ‘लज्जास्पद’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ब्राजिलमा सम्पन्न राष्ट्रपति निर्वाचनलाई ‘लज्जास्पद’

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने

काठमाडौँ– नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को

बढ्दो तौललाई लिएर ट्रोल गर्नेहरूलाई क्याट्रिनाको जवाफ- ‘म किन पछाडि फर्किनु ?’

मुम्बई – बलिउड अभिनेत्री क्याट्रिना कैफले आमा बनेपछि आफ्नो शारीरिक

नेपाल र बंगलादेशको एलडीसी स्तरोन्नतिको तयारी अवधि थप

काठमाडौँ – संयुक्त राष्ट्रसंघको महासभाले नेपाल र बंगलादेशलाई अतिकम विकसित मुलुक

नागरिकता प्रमाणपत्रको प्रतिलिपि अब अन्य जिल्लाबाट पनि लिन पाइने

काठमाडौँ– सरकारले नागरिकता प्रमाणपत्रसम्बन्धी सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने